Friday 25 January 2013

बाख्रीले पनि न्याय पाइन्

३ माघ, काठमाण्डौं । बाँच्नलाई घास खानु बाख्रीको अधिकार हो । भोको पेट भर्ने क्रममा उसले घासको साथ संयोगबश फूल खाइदिइन् भने यसलाई ठूलो अपराध मानिन्न होला । तर, अस्ट्रेलियामा एक निर्दोष बाख्रीलाई फूल खाएको अभियोगमा जरिवाना गरियो ।

यो प्रकरणमा बाख्रा र उसको साहुमाथि विधिवत् अदालतमा मुद्दा चल्यो । अन्ततः अदालतले बाख्रालाई निर्दोष ठहर गर्दै जरिवाना खारेज गर्‍यो । मेट्रो युकेका अनुसार सिड्नीको संग्रहालयमा छिरेर बाख्रीले घाससँग सुन्दर फूल पनि चर्न पुगेकी थिइन् । संग्रहालयको सौन्दर्य बढाउन ती फूलहरुको विशेष योगदान हुन्छ ।
बाख्रीका कारणले संग्रहालय कुरुप देखिएकोमा सुरक्षामा खटिएका प्रहरीहरु निकै निसाए । उनीहरुले बाख्री र उनको मालिक जेम्स डेजोर्डनोल्डसमाथि पनि जरिवाना लगाए । जेम्सले लापरबाही गरेको भन्दै प्रहरीले ४ सय ४० डलर जरिवाना गरेको थियो । उनी अस्ट्रेलियाको ठूलो हास्य कलाकार पनि हुन् ।

यो अन्याय विरुद्ध जेम्सले अदालतमा गुहारे । कुनै षडयन्त्र वा पूर्व योजना अनुरुप बाख्रीले फूल नखाएको भन्दै अदालतको मिजस्ट्रेटले जेम्समाथि लगाएको जरिवाना खारेज गरेको खबर कान्तिपुर दैनिकले छापेको छ । न्यायाधीश क्यारोलिन बार्केलले बाख्रीलाई फूलको मूल्य थाहा नभएको बताइन् । खाने लोभमा फूललाई चपाएर बाख्रीले पहाड उल्टिने गरी अपराध नगरेको पनि उनले बताइन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID