Tuesday 22 January 2013

द‍ैलेखमा तनाव, जुनसुकै बेला झडप हुन सक्ने

दैलेख, माघ १० - दैलेखमा तनावपूर्ण अवस्था देखिएको छ । एमाओवादीले गर्न लागेको जुलुसलाई बिपक्षीको जुलुसले पछि हट्न बाध्य बनाएको छ । जुन सुकै बेला एमाओवादी र विपक्षी कार्यकर्ताबीच झडपको अवस्था हुने संभावना रहेको छ ।

माओवादी बिरुद्ध विपक्षीहरुले नारावाजी गरिरहेका छन् । एमाओवादीको जुलुस भने कार्यक्रमस्थलतर्फ अघि बढी रहेको छ । 

विपक्षीहरुले बिहानै देखि एमाओवादी र विशेष गरेर प्रधानन्त्री आउने भएपछि बन्दको आह्वान गरेर बन्द आन्दोलन गरेका थिए ।

पत्रकारहरु प्रहरी घेरामा रहेका छन् ।



प्रधानमन्त्री बाबुराम भट्टराईलाई दैलेख प्रवेशमा निषेधको घोषणा गरेको विपक्षी दलले बुधबार बिहानैदेखि सदरमुकाममा बिरोध प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्री भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु अपरान्ह दैलेख आउने कार्यक्रम छ ।
सदरमुकामका अधिकांश घरमा कालो झन्डा टाँगिएको छ । बजारमा ठाउँ ठाउँमा टायर बालिएको छ । दैलेखको अवस्था तनावपूर्ण छ । कुनै प्रकारको मुठभेड हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बजारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विपक्षी दलले बजारमा प्रधानमन्त्री भट्टराई र सरकार विरुद्ध नारावाजी गरेका छन् । नेपाली सेनाको गण नजिकै काँडाचौर भन्ने स्थामा सभा राखिएको छ ।  विपक्षीले सभास्थलमै कालो झन्डा तथा विरोध जनाउने कार्यक्रम छ ।
पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नलाई जोगाउने प्रयास गरेपछि दैलेखवासी प्रधामन्त्रीदेखि आक्रोशित छन् ।-ekantipur

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID