Friday 18 January 2013

छात्रामा देखिएको अनौठो रोग निको पार्न महायज्ञ

६ माघ, तेह्रथुम । तेह्रथुमको सुङ्नाम गाविसमा रहेको सिंहदेबी उच्चमाविका छात्रामा देखिएको अनौठो रोग निको पार्न सप्ताहव्यापी श्रीमद्भागवत ज्ञानमहायज्ञ आयोजना गरिएको छ ।

विद्यालयमा शान्तिस्वस्ती गरी छात्राहरुमा देखिएको रोग निको पार्न बिहीबारदेखि ज्ञानमहायज्ञ सुरु गरिएको प्रधानाध्यापक ज्ञानबहादुर श्रीपालीले जानकारी दिनुभयो । छात्रामा रुने कराउने, चिच्याउने, पाँचदेखि ६ घन्टासम्म बेहोस हुने, मुटु दुख्यो भनेर उप|mने, आफ्नै घाँटी निमोठ्ने, चिथोर्ने, टोक्ने लक्ष्यण देखिएको हो । उक्त अनौठो रोग देखिएपछि गत असोज २८ गतेदेखि एक साताका लागि विद्यालय बन्द गरिएको थियो ।

तनावका कारण छात्राहरुमा यस्तो लक्षण देखा परेको मनोवैज्ञानिकहरुले सुझाव दिएपछि महायज्ञ सुरु गरिएको विद्यालयका प्रधानाध्यापकलाई उदृत गर्दै अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ । धामी झाँकीको झारफुकबाट निको नभएपछि महायज्ञ लगाईको विद्यालयका शिक्षकहरुले बताएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID