Tuesday 22 January 2013

विदेश जानेले बच्नुपर्ने ‘4w’

काम, मौसम, रक्सी र महिला
13

९ माघ, काठमाडौं । टन्न पैसा कमाउने सपना बोकेर बिदेश पुगेका कतिपय नेपाली बिचल्लीमा परेका छन् । कतिले आफ्नै कारण दुःख पाएका छन्, कति अरुका कारणले । विदेशमा काम गर्न जाँदा आफूले थोरै भएपनि संयमता अपनाउन सके धेरै सुरक्षित भइन्छ र सपना पनि पूरा हुन्छ । यही सन्देश दिने उदेश्यले कतारमा रहेका नेपाली युवाहरुले लघु चलचित्र निर्माण गरेका छन् ।

आरम्भ फिल्मस् कतारको निर्माणमा तयार भएको ’4W आफ्नै बाटोहरु’ नामक लघु चलचित्रको सोमबार यू-ट्युब मार्फत सार्वजनिक भएको हो । 4W अर्थात Work (काम), Weather (मौसम), Wine (रक्सी) र Women (महिला) बाट सचेत हुनुपर्ने सन्देश यो लघु चलचित्रले दिएको छ ।

‘यस लघु चलचित्र मार्फत बिदेशमा बस्ने नेपालीहरुको वास्तविकतालाई देखाउन खोजिएको छ’ चलचित्रका व्यवस्थापक तथा कलाकार देव तिमिल्सिनाले अनलाइनखबरसित भन्नुभयो-’विदेशमा बस्दा धेरै कुरामा ध्यान दिनुपर्छ र संयम अपनाउन पर्छ भन्ने चेतना जगाउन खोजिएको हो ।’

यस चलचित्रका निर्देशक उद्धव राई हुनुहुन्छ । ‘हामी कतारमा रहेका युवाहरुले आआफ्नै ढंगले रकम संकलन गरेर यो काम गरेका हौं, व्यापारिक उदेश्य होइन’ तिमिल्सिनाले भन्नुभयो, ‘व्यापारिक उद्देश्य नभई जनचेतना जगाउने अभियानअन्तर्गत नेपाली युवाहरु आफैं कलाकार बनेर र रकम जुटाएर लघु चलचित्र बनाइएको हो ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID