Monday 31 December 2012

पत्नीको उपचारका लागि प्रचण्ड थाइल्याण्ड प्रस्थान

१६ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाइल्याण्ड प्रस्थान गर्नु भएको छ ।
पार्टी महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज लेखिरहेका प्रचण्ड एक्कासी पत्नी सीतासहित थाइल्याण्ड प्रस्थान गर्नुभएको हो । प्रचण्ड पत्नी सीताको उपचारका लागि थाइल्याण्ड जानुभएको उहाँका सहयोगी शिब खकुरेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

सीताको मृगौलामा पहिलेदेखि नै समस्या रहेको र एक्कासी बढ्ता दुख्न थालेकाले जाँचका लागि जानुपरेको खकुरेलले बताउनुभयो ।
थाइल्याण्डको बुमरंगगार्ड इन्टरनेशनल अस्पतालमा सीताको स्वास्थ्य जाँच गरिने जानकारी दिँदै खकुरेलले पहिले पनि सोही अस्पतालमा उहाँको मृगौला जाँच गराइएको बताउनुभयो ।   मंगलबार डाक्टरसँग समय मिलाइएको उहाँले जानकारी दिनुभयो ।
प्रचण्ड दम्पत्ति पर्सी नेपाल फर्कने कार्यक्रम छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID