Saturday 29 December 2012

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो



१३ पुस, सुर्खेत । सुर्खेतमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा परी १७ जना यात्रु घाइते भएका छन् । शुक्रवार विहान सुर्खेतकै भेडाबारीबाट विरेन्द्रनगरतर्फ आउँदै गरेको ना २ ख ५७ ४१ नम्बरको बस सुर्खेतको दशरथपुर-६, स्थित गम खोला नजिकै दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै र बसका चालक बिरेन्द्रनगर-६, का ३८ बर्षीय ललित भण्डारीसहित अर्का  एक जना यात्रुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा परी दरथपुर-५ का २९ वषिर्य कुमार पौडेल, चितवन भरतपुर घर भई नेपाली सेनामा कार्यरत ४३ वर्षीय राम रानाभाट, सेनामै कार्यरत दशरथपुर-७ का २७ वर्षीय मानबहादुर गाहा तथा सेनामै कार्यरत गुमी-५ का २९ वर्षीय गजेन्द्र गुरुङ, दशरथपुर-४ का १० वर्षीय ममता खड्का, दशरथपुर-५ का ११ वर्षीय दीपा ढकाल, गुमी-४ का ३४ वर्षीय केशर श्रीस, केशरका ११ वर्षीय छोरा प्रज्ज्वल, साटाखानी-८, का १२ वर्षीय यमन मिटुनको मृत्यु भएको छ ।
यसैगरी दुर्घटनामा परी कल्याण-८, का ४५ वर्षीय चन्द्रकला रावत, गुमी-१, का ९ वर्षीय अजीत सुनार, लेखफर्शा-९, का ३१ वर्षीय बुद्धिकला फौजा र दैलेख चोराठाका ३६ वर्षीय टंकराज विकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइतेमध्ये दिनेश पुन, जैसरा श्रीस, पार्वती सुनार र ललित भण्डारीको अवस्था गम्भीर रहेको र उनीहरुको बाँकेस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको सुर्खेतकै वीरेन्द्रनगरमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त बस सडकवाट झण्डै ५० मिटर तल खसेको छ ।                                          - online khabar

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID