Monday 31 December 2012

बिन्दूलाई आफ्नै बाबुले जिउँदै जलाएको प्रहरी दाबी

१६ पुस, काठमाडौं । बाबुले आफ्नै छोरीलाई जिउँदै आगो लगाएर मार्न सक्छन् भन्दा कसले पत्याउला ? तर, बाराकी १८ वर्षीया विन्दु ठाकुरलाई आफ्नै बाबु रामा ठाकुरले जलाएर हत्या गरेको दाबी प्रहरीले गरेको छ ।
बारा प्रस्टोकाकी विन्दुको शव पुस ११ गते घर नजिकै जलेको अवस्थामा भेटिएको थियो । उनी स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् । बिन्दूको हत्यापछि आफ्नो नियन्त्रणमा रहेका बिन्दुका बाबुलाई सोमबार प्रहरीले जिल्ला अदालत पुर्‍याई १५ दिन थुनामा राखेर थप अनुसन्धान गर्ने अनुमति लिएको छ ।
गाउँकै एक युवकसँग प्रेम सम्वन्ध रहेका कारण बाबुले विन्दुको हत्या गरेको हुनसक्ने प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिनुभयो । ‘उनको हत्या परिवारबाटै भएको हो भन्ने हाम्रो अनुसन्धानले देखाएको छ’ घिमिरेले अनलाइनखबरसँग भन्नुभयो-’प्रेम सम्बन्धलाई लिएर पटक-पटक दबाव दिने गरिएको पाइयो । विन्दुको शव भेटिएको स्थानमा बाबुको टर्च लाइट भेटिएको छ र रामाले भनेका सबै कुरा गलत देखिएकाले उनीमाथि गम्भीर आशंका छ ।’
प्रहरीका अनुसार रामासहितका परिवारका सदस्यहरुले विन्दुको घरमा नै हत्या गरेर नजिकैको बाँसघारीमा लगेर जलाएको थिए । ‘परिवारका सदस्यहरुले विन्दु वाहिर गएको बताएपनि अन्य सबैले पनि देखेको पाइएन भने उनको सल र चप्पल घरमै भेटियो’ घिमिरेले भन्नुभयो-’उनको शव जलाउन प्रयोग भएको मटि्टतेलको भाँडो घरमा नै लुकाएको अवस्थामा भेटिएको छ ।’
प्रहरीका अनुसन्धानका क्रममा विन्दु गाउँकै एक युवकसँग बढी आकषिर्त भएको र त्यसलाई घरपरिवारले नरुचाएको देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विन्दुकी दिदीको माघमा विवाह गर्न जग्गा बन्धकीमा राखेर ऋण लिएका कारणले पनि रामा बढी तनावमा थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID