Saturday 29 December 2012

३६ घण्टादेखि 'ध्रुबे' सम्पर्कबिहीन

घाँटीमा जोडिएको 'रेडियो कलर'बाट केही दिन अघिसम्म चितवन निकुञ्जका विभिन्न स्थानमा ओहोर-दोहोर गरिरहेको देखिएपनि विगत ३६ घण्टादेखि 'ध्रुबे' सम्पर्क बाहिर छ ।
'ध्रुबे ३६ घण्टादेखि टोटल्ली सम्पर्क बाहिर छ' ध्रुबेको नियन्त्रणकालागि व्यवस्थापनको जिम्मा लिएर चितवन निकुञ्ज पुगेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मेघबहादुर पाण्डेले चितवनबाट टेलिफोनमा कान्तिपुरसित भने, 'रेडियो कलरले उसको आउजाउ गरेको देखाएको छैन ।'
केही दिन अघिसम्म भने ध्रुबे निकुञ्जभित्रै ओहोर दोहोर गरेको रेडियोकलरबाट थाहा भएको थियो । केही दिन अघि २४ घण्टामा १४५ किलोमिटरसम्म हिंडेको रेडियोकलरबाट थाहा भएको थियो ।
उसले हिंडडुल गर्ने गतिविधि बुझ्न गत मंसीर ६ गते लठ्याएर ध्रुबेको घाँटीमा रेडियोकलर जडान गरिएको थियो भने, एउटा दाँह्रा काटिएको थियो । वन मन्त्रालयका प्रवक्ता केपी आचार्यका अनुसार एउटा दाह्रा पहिले नै भाँचिएकाले एउटा मात्रै काटिएको हो । 
ध्रुबेको खोजीका लागि निकुञ्जबाट सेना, निकुञ्जका पशु चिकित्सक र डार्ट टोली, कर्मचारीलगायतका चार वटा टोली अहिले पनि परिचालित छ । निकुञ्जका २१ वटा हात्तीमा चढेर टोलीले ध्रुबेको खोजी गरिरहेको हो ।
महानिर्देशक पाण्डेका अनुसार एउटा टोली निकुञ्ज भित्र हुँदै पर्साको ठोरीसम्मै पुगेर सर्च गरेको छ । त्यो टोली पर्सा वन्यजन्तु आरक्ष हुँदै फेरी चितवन फर्किनेछ । निकुञ्जका अन्य क्षेत्रमासमेत टोली परिचालन  गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले ध्रुबे मार्न आदेश दिइसकेकाले त्यही अनुसार आफूहरु अघि बढेको महानिर्देशक पाण्डेले बताए । 'अर्को आदेश नआएसम्म हामी मार्ने पक्षमै छौं' उनले भने । शुक्रवार चितवन पुगेका सञ्चारमन्त्री राजकिशोर यादबले भने ध्रुबे मार्ने निर्णय नभएको पत्रकारहरुलाई बताएका थिए । 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID