Saturday, 27 December 2014

मैले भेटेका यौनकर्मी

यौनकर्मलाई नेपाली कानुनले निषेध गरेको छ। त्यसैले यौनकर्मीको सजिलै पहिचान हुन गाह्रो छ, यहाँ। मैले बाध्यतावश यौनकर्म र यौनजन्य गतिविधिमा लागेका महिलासँग काम गर्ने निधो गरेँ।

सकेसम्म उनीहरूलाई यौनजन्य जोखिमबाट मुक्त गरेर वैकल्पिक पेसामा उभ्याउने उद्देश्यका साथ मैले यस्तो निधो गरेकी हुँ। त्यसैले यौनकर्मी महिलासँग भेटघाट गर्नु, उनीहरूको कुरा सुन्नु र आवश्यक सरसल्लाह दिनु मेरो कर्तव्यभित्र पर्छ।

यसै क्रममा मैले प्रशस्तै यौनकर्मीसँग भेटेको छु। उनीहरूको अनुभव सुन्ने र बुझ्ने अवसर पाएका छु। तीमध्ये यस्ता छन् मैले फेला पारेका अनौठा यौनकर्मी :

पहिलोपटक भेटेको यौनकर्मी

मैले पहिलोपटक भेटेको यौनकर्मी महिला १८ वर्षकी थिइन्। उनी द्वन्द्वमा आफ्ना आमाबाबु गुमाएपछि आफ्नो गाउँ (सिन्धुपाल्चोक)मा बस्न नसकी काठमाडौं आएकी रहिछन्।

सहरी परिवेशसँग बिल्कुलै अनभिज्ञ थिइन् उनी। उनलाई एकजना ट्याक्सी ड्राइभरले सहरको कुनै एउटा गेस्ट हाउसमा भाँडा माझ्ने काममा लगाइदिएछन्। दुईचार दिन गेस्टहाउसको भाँडा माझेरै बित्यो।

एक रात विदेशबाट आएको एकजना व्यक्ति त्यो गेस्ट हाउसमा पुगेछन्, बास बस्न। अन्दाजी ४० वर्षका ती ग्राहकले उनीसित यौनसम्पर्क गर्ने इच्छा पोखे गेस्टहाउसका मालिकसँग। मोटो रकम पाएपछि मालिकलाई पुगिहाल्यो। त्यस रातपछि बाध्यताले ती महिलाको जीवन जिउने बाटो बनेको रहेछ यौनकर्म।

पहिलोपटक भेटेको पुरुष यौनकर्मी

ती पुरुष यौनकर्मी २८ वर्ष जतिका थिए। यौनकर्मी महिला साथीहरूको सहयोगमा ती पुरुष यौनकर्मीसँग 
भेटघाट गर्ने अवसर पाएँ। उनी वैदेशिक रोजगारमा गएका रहेछन्। तर, भनेअनुसारका काम र कमाइ नभएपछि तीन महिनामै उनी स्वदेश फर्केका रहेछन्।

स्वदेश फर्के पनि विदेश जाँदा लिएको ऋण तिर्ने अवस्था नभएपछि काठमाडौंमै बस्न बाध्य भएका रहेछन्। काम खोज्दै काठमाडौंमै भौतारिइरहेका बेला एउटा साथीको सहयोगमा पैसा तिरेर यौनप्यास मेट्ने महिलाहरूको सम्पर्कमा पुगेछन्, ती पुरुष। उनको रोजीरोटीको बाटो बनेको छ यौनकर्म।

एउटी अचम्मकी यौनकर्मी

एउटी अचम्मकी यौनकर्मी भेटेँ मैले। उनी पैसाका लागि होइन, केवल यौनप्यास मेट्न पार्टनर खोज्दी रहिछन्। मैले भेट्दा उनी ३८ वर्षकी जस्ती देखिन्थिन्। सहरको सम्भ्रान्त परिवारकी सदस्य हुन् उनी। उनले आफू यौनकर्ममा लाग्नुको कारण यसरी बताइन् :

'जब म मदिरा सेवन गर्छु, त्यसपछि सेक्स नगरी सुत्नै सक्दिनँ। मेरो अनौठो बानी के छ भने मलाई पानीमा रुझ्दै भिज्दै पार्टनरसँग सेक्स गर्नुपर्छ। मेरो श्रीमान्लाई भने अचेल सेक्समा पटक्कै रुचि छैन। यो समस्या समाधान गर्न म र मेरा श्रीमान् यौन विशेषज्ञकहाँ परामर्शका लागि पनि गयौं तर समस्या समाधान हुन सकेन।

मदिरा सेवन नगरौं भने पनि अचेल बिहे, व्रतबन्ध, पास्नी, भोज, पिकनिक सबैमा हल्का ड्रिंक्स चलिहाल्छ। जब म मदिरा सेवन गर्छु, त्यसपछि ममा अत्यधिक यौन उत्तेजना हुन्छ। त्यसैले भिज्दै वा पानीमा डुबुल्की मार्दै मलाई यौन तृष्णा मेट्नुपर्छ।

यो मेरो सोख नै भइसकेको छ। मेरै श्रीमान्को सहमतिमा मैले एक जनालाई पार्टनर बनाएको छु। मलाई दुई छाक खान समस्या छैन तर चाहेको बेला यौन तृष्णा कसरी मेट्ने भन्नेचाहिँ चिन्ता लाग्छ।'

यो सहरमा मैले जीवनमै भुल्न नसक्ने यस्ती यौनकर्मी पनि भेटेँ।

यौनकर्ममा प्लस टु पुस्ता

मैले हजारौंमा केही प्लस टु पढ्दै गरेका यौनकर्मी पनि भेटेँ। जसोतसो अभिभावकले एसएलसीसम्म सहयोग गरेकाले पढेको र त्यसपछिको पढाइ पूरा गर्न यौनकर्ममा लागेको भेटिए उनीहरू।

कतिपय स्कुटर चढ्ने रहर पूरा गर्न यौनकर्ममा लागेको भेटिए। स्कुटर नभएको भनी हेप्ने साथीहरूलाई स्कुटर चढेर देखाउने इच्छा अभिभावकले पूरा नगरिदिएपछि त्यसलाई पूरा गर्न आफू यौनकर्ममा लागेको उनीहरूले बताए मलाई।

यस्तो सुन्दा लाग्यो, कक्षा ११ मा पढ्ने छोरीको केही कमाइ छैन तर उसले कहाँबाट र कसरी स्कुटर किनी भनेर उनीहरूका आमाबाबुमा खुल्दुली आउँछ होला।

यौनकर्ममा करोडपतिकी पत्नी

२०६७ साल साउन २५ गते महानगरीय प्रहरीले काठमाडौंमा अव्यवस्थित रूपमा खोलिएका केही क्याबिन रेस्टुराँ, मसाज र डान्स बारबाट यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा ४० जना महिलालाई पक्राउ गरेको रहेछ।

तीमध्ये ३५ जना विभिन्न उमेरसमूहका महिलालाई हनुमानढोका प्रहरीले पुन:स्थापनाका लागि रक्षा नेपालमा पठाएको थियो। उनीहरूलाई बुझी संस्थाको सेल्टरमा ल्याउन म आफैं गएकी थिएँ। उनीहरूलाई ल्याएपछि एक/एकजनासँग गोप्य कुराकानी भयो मेरो।

तीमध्ये अधिकांशको आआफ्नै दु:ख थियो, दर्द थियो। सबै चिन्तित अनुहारमा थिए। उनीहरू भन्दै थिए, 'वैकल्पिक बाटो भइदिए हामी तुरुन्तै यो पेसा परिवर्तन गर्न तयार छौं।'

तर एउटी अन्दाजी ४० देखि ४५ वर्षकी लाग्ने महिलाको कुराकानी, उनको हाउभाउ र बोल्ने शैली बेग्लै थियो। कुरा गर्ने पालो आएदेखि नै उनी मुख खुम्च्याउँदै बोल्दै थिइन्। उनको भित्री कुरा सुन्दा म पनि छक्क परेँ। उनले मलाई यसो भनिन्,

'तपाईं पत्याउनुहुन्न होला, म मारवाडी परिवारकी सदस्य हुँ। मेरो श्रीमान् ठूलो व्यापारी छन्। उनी व्यापारकै सिलसिलामा कहिले भारत, कहिले चीन र कहिले थाइल्यान्ड पुगिरहन्छन्। उनी प्राय: घरबाहिर भइरहन्छन्।

कहिलेकाहीँ घर आए पनि कि ल्यापटप, कि फोन, कि त मोबाइलमा बिजनेस डिल गर्नमै व्यस्त हुन्छन्। कतिसम्म भने मेरा श्रीमान्‌लाई आफ्ना छोराछोरी कति कक्षामा पढिरहेका छन्, त्यो पनि थाहा हुँदैन। छोराछोरी र श्रीमतीले जति मागे पनि पैसा दिन्छन् तर त्यो पैसा केमा खर्च भयो, केही मतलब छैन।

मेरो घरमा नपुग्दो केही छैन। नोकर, चाकर, हीरामोती, सुनचाँदी, गाडी, बैंक ब्यालेन्स सबै छ। तर, ती सबै कुराले मात्रै नहुँदो रहेछ। ती भएर पनि मेरो शारीरिक आवश्यकता पूरा भएन।

यो कुरा मेरो श्रीमान्ले बुझिदिएनन्। पैसाका लागि होइन, शारीरिक आवश्यकता पूरा गर्न मसाज पार्लर खोलेकी हुँ मैले। त्यहाँ आउने ग्राहक चित्तबुझ्दो छन् भने म आफैं यौनसम्बन्धका लागि तयार हुन्छु। म यसैमा खुसी छु। यसमा अरूको टाउको दुख्नुपर्ने किन?

    मैले आजसम्म भेटेकामध्ये सबैभन्दा धनी यौनकर्मी एकजना छिन्। सहरमा उनको एउटा सानदार घर छ। दुईवटा माइक्रो बस भाडामा दिएकी छन्। गाउँमा पाँच रोपनीजति जग्गा जोडेकी छन्, भविष्यका लागि। आफ्ना छोराछोरीलाई महँगो स्कुलमा बोर्डस् गरिदिएकी छन्। यी सबै सम्पत्ति उनले यौनकर्मबाटै जोडेकी हुन्।


मसँग बैंकमा प्रशस्तै ब्यालेन्स छ। बरु तपाईंको संस्थालाई कति पैसा डोनेसन दिऊँ? तपाईंलाई म खालि चेक दिन तयार छु तर तपाईंले दिएको सेल्टरमा बस्न सक्दिनँ। मलाई यहाँबाट जान दिनोस्।'

७० वर्षीया यौनकर्मी

यौनकर्मी दिदिबहिनीसँगको घुलमिल बढ्दा दुई वर्षअघि एउटी महिलासँग भेट भयो। उनको अनुहार हेर्दा लाग्यो, उनी ७० वर्षकी हुन्। तर उनले आफ्नो उमेर ५८ वर्ष भनिन्। मलाई चाहिँ ढाँटेजस्तो लाग्यो।

आफ्नी हजुरआमा उमेरसरहकी ती महिलालाई दिदी भनी सम्बोधन गर्न अलि अप्ठ्यारो लाग्यो। तर, उनले मलाई पो उल्टै 'दिदी' भनेर सम्बोधन गरिन्। मलाई अलि अप्ठ्यारो लाग्यो।

उनले मलाई दिदी भन्नुमा दुईवटा कारण छन्जस्तो लाग्यो। तीमध्ये एउटा कारण हुन सक्छ, उनी मलाई सम्मानपूर्वक सम्बोधन गर्न चाहन्छिन् र अर्को कारण, उनी पाको उमेरमा पनि जवानझैं यौनसम्पर्कका लागि सक्षम छिन्।

ती पाको यौनकर्मी महिलाको कथा दर्दनाक छ। उनलाई सडकमा जन्माउने को हो, उनी कहिलेदेखि सडकमा छिन्, आफू कति वर्षदेखि सडकमा यौनकर्मी भएको हो, त्यो केही थाहा छैन।

उनी सडकमै जन्मिन्, सडकमै हुर्किन्। कति वर्षकी हुँदा उनलाई सडकमै को कसले अस्मिता लुट्यो त्यो पनि थाहा छैन। उनी कहिले जवानी भइन्, तरुनी भइन् अनुभूति नै गर्न पाइनन्। उनले जाने देखेको काम नै सडकमा भेटेको मान्छेले भनेको ठाउँमा उनीहरूसँग सुत्न जाने हो, जे दिन्छन्, त्यही खाने हो।

यौनकर्मबाटै सम्भ्रान्त
मैले आजसम्म भेटेकामध्ये सबैभन्दा धनी यौनकर्मी एकजना छिन्। सहरमा उनको एउटा सानदार घर छ। दुईवटा माइक्रो बस भाडामा दिएकी छन्। गाउँमा पाँच रोपनीजति जग्गा जोडेकी छन्, भविष्यका लागि। आफ्ना छोराछोरीलाई महँगो स्कुलमा बोर्डस् गरिदिएकी छन्। यी सबै सम्पत्ति उनले यौनकर्मबाटै जोडेकी हुन्।

बच्चा पेटमै हुँदा उनलाई श्रीमान्ले छाडेका रहेछन्। छोराछोरी हुर्काउँदा, पढाउँदा र बढाउँदा यौनकर्मी बन्नु परेको रहेछ उनले। त्यो समयमा जुन पेसाले आफूलाई जीविका चलाउन र धनसम्पत्ति जोड्न सहज बनायो, त्यो पेसालाई अहिले छाड्ने मनस्थितिमा छैनन् उनी।

उनले भनिन्, 'जुन पेसाबाट यतिको धनसम्पत्ति जोडेँ, धनसम्पत्ति जोडेपछि इज्जत पनि कमाएँ, त्यो पेसाले मेरो सान पनि बढेको छ भने त्यो पेसा म कि न छाडूँ?'
- See more at: http://annapurnapost.com/News.aspx/story/4798#sthash.q3tt1jtb.dpuf

Friday, 26 December 2014

नेपाल प्रहरीका सईमाथि चोरीको आरोप

 बुटबल:ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक(सई) किरणबहादुर रानामगरमाथि चोरी गरेको आरोप लागेको छ। सई रानामगरमाथि उनकै सहकर्मी असई छायाँ पोखरेलले बुटवल -५ स्थित एक घरमा चोरी गरेको आरोप लगाएकी हुन्।

इलाका प्रहरी कार्यालय बुटबलका डिएसपी दिलिप घिमिरेले घटना सार्वजनिक भएपछि दुवै जना प्रहरी अधिकृतमाथि छानविन थालेको बताएका छन्।

पुसको ठण्डीमा पनि मध्यरातमा यौन कर्मीहरु छोटो कपडा लगाएर ग्राहक खोज्दै

 काठमाण्डु– इशाई धर्मावलम्बीले बिहीबार आफ्नो महान पर्व क्रिसमस दिवस हर्षोल्लासपूर्वक मनाउँदैछ्न । क्रिसमसको अघिल्लो दिन बुधबार राति राजधानीसहित देशका मुख्य सहरमा उनीहरुले क्रिसमसको भव्य स्वागत गरे । राजधानीको ठमेल, दरबारमार्ग लगायत क्षेत्रमा क्रिसमसको रमाइलो थियो । क्रिसमस मनाउन मानिसहरु विभिन्न झुण्डमा जम्मा भएका थिए । कसैले परिवार, कसैले साथीभाई र कसैले प्रेमी/प्रेमिकासँग रमाइलो गरे । क्रिसमसको खुसीयालीमा मध्य पुसको डण्डीमा जाडोको प्रवाह नगरी युवतीहरु छोटा पकडामा सजिएर हिंडेको देखियो । कोही एकान्तममा बसेर प्रेमको स्वाद लिइरहेका थिए ।

ज्योतिषको भविष्यवाणिः जेठमा रक्तपात हुन्छ अनि राजतन्त्र फर्किन्छ -

आफूलाई मोर्डन ज्योतिष बताउने चितवनका युवा जादुगर-ज्योतिष एलेक्स सुबेदीले जेठदेखि असार महिना भित्र नेपालमा रक्तपात हुने बताएका छन् | साथै माघ ८ मा संविधान नबन्ने भविष्यवाणि गरेका सुबेदीले जेठ-असार महिनामा ठुलो रक्तपात हुने र त्यसपश्चात नेपालमा राजतन्त्र फर्किने भविष्यवाणि गरेका हुन् ।
Gyanendra-Shah
उनले संविधानमा विज्ञहरूको सहभागिता र सल्लाह नभएको हुँदा जारी हुने सम्भावना नभएको समेत दावी गरेका छन् | उनका अनुसार माघ ८ गते चन्द्रमा मकर राशिमा रहने हुँदा चन्द्रमा कमजोर रहने र चन्द्रमा कमजोर भएकाले संबिधान बन्ने योग खराब रहेको छ । त्यसैगरी उनी माघ ८ मा ‘मंगल, चन्द्र र शुक्र ग्रह सँगै बसेको र सूर्य र बुध पनि मकर (शत्रु राशि) मा पर्ने भएकाले संविधान जारी हुने मिति सर्ने वा संविधान बने पनि लागू नहुने बताउछन |
modern_jyotis_alex_subidi
उनि भन्छन -”जबरजस्ती लागू गरिहालेमा संविधान लेखिरहेका र नेतृत्व गर्ने नेता हठ वा जिद्दी खालको भएमात्र जारी हुने देखिन्छ | नत्र भने छिमेकी देशले दबाब दिएमात्र संविधान जारी हुने सम्भव देखिएको छ ।”

उनका अनुसार देशमा संविधान जारी भए जेठ-असारमा रक्तपात हुने सम्भावना रहेको र सबै कुराहरुलाई मध्यनजर गर्दा नेपालमा राजतन्त्र जसरी पनि फर्किने देखिएको छ ।
- See more at: http://www.nepaljapan.com/2014/12/26/147313/#sthash.NiXx29cx.IlrKzbHA.dpuf

श्रीमतीले धोका दिइरहेको थाहा पाउने तरिका

आफ्नी श्रीमतीले धोका दिइरहेको कुरा थाहा पाउनका लागि विशेषज्ञहरु केहि तरिकाहरु दिएका छन्। पहिलो, फोन कल– फोन कलमा आइरहेको परिवर्तन जस्तै बारम्बर आइरहने फोन, स्वरको परिवर्तन, मेसेजगर्ने प्रवृत्तिहरुले तपाईंकी श्रीमतीले धोका दिइरहेको छ कि छैन भन्ने कुरा थाहा हुन्छ । जब उनले फोन उठाउँदा के फोनको आवाज कम गर्छिन् अथवा अकस्मात् बोल्ने शैलीमा परिवर्तन गर्छिन् ? दोस्रो, उनको केटी साथीहरुसँग घुलमिल– के उनी उनको केटी साथीहसँग पहिलाको भन्दा बढि समय बिताउँछिन् । केहि अघि कसैसँग समय बिताउनु नपर्ने श्रीमती एकाएक बेलुकाको धेरैजसो समय बाहिर नै बिताउने गर्दछिन् र जब तपाईंले कहाँ थियौ भन्ने प्रश्न गर्दा उनको उत्तर इमानदार नहुन सक्छ ।
यदि यस्तो अवस्था छ भने तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ । तेस्रो, नुहाउने र जीम– के उनी घर फर्कदा भर्खरै नुहाएर आएको जस्तो देखिन्छिन् जब कि उनी बिगतमा दिउँसो नुहाउने गर्दिनथिन् । के उनी पहिलाको भन्दा जीममा बढि धाउने गर्दछिन् ? चौथो, उनको बास्ना–के उनी पहिले यस्तो बास्नादार हुने गर्दथिन् । के उनीबाट महिलाको भन्दा पुरुषको बास्ना बढि आइरहेको छ ? उनको यो नयाँ बास्ना महिलाको भन्दा पुरुषको बढि हो कि, अथवा त्यस्तै खालको बास्ना आफ्नो कुनै साथीको हो कि त्यो याद राख्नुहोस् ।
पाँचौ, आँखा जुधाई – के उनले कहाँ गएकी थियौ र के गरिरहेकी थियौ भन्ने प्रश्नको उत्तर दिँदा आँखा जुधाएर उत्तर दिन बन्द गरेकी छिन् । पहिला आँखा जुधाएर कुरा गर्ने तपाईंकी श्रीमतीले एकाएक यसो गर्न बन्द गरेकी छिन् भने होसियार हुनुहोस् । अन्तिममा यौन विचलन– के उनको सेक्स प्रतिको रुची पहिलाको भन्दा कम छ ? के उनी तपाईंसँगको सेक्समा साथ मात्र दिइरहेकी छिन् ? के उनले तपाईंले कहिले नगर्नुभएको तरिकाहरु अपनाउन अनुरोध गर्छिन् अथवा के उनले तपाईंलाई सेक्सका नयाँ तरिकाहरुको बारेमा सिकाउने गर्दछिन् ? (एजेन्सी)–

महिलाले प्राय: सेक्स गर्न नजानेको केटासंग सेक्स गर्न खोज्छन किन?

It’s not hard to find guys who love to take control when it comes to sex. Though it’s less common to find guys who are inexperienced when it comes to matters of the boudoir, they are everywhere. There are plenty of reasons that having sex with an inexperienced guy (or a virgin!) is totally worth your time. Here are five of those reasons:
Blast Of Self Esteem
Since he doesn’t really know much (firsthand, at least) about potential bedroom activities, pretty much anything you do will get a response akin to “this is amazing.” And, we just love to hear that. It allows for a blast of self-esteem that you’ll feel great about receiving.
Time To Embrace Your Dirty Side
It is also an opportunity test out those dirty thoughts that have been circulating in your mind. Embrace your inner Dita Von Teese. You know that copy of “50 Shades of Grey” you’ve been hiding under you bed? Well, pull it out, crack it open and start imagining yourself as more of a Christian than an Anastasia.
It’s Your Moment
Most women believe they are amazing lovers, and deep down, most just want — at least once — to make a guy squeal with joy. Yes, guys are generally way easier to please than girls are, but it’s easy to tell the difference between a guy who’s just enjoying himself and one who’s actually going crazy… if you know what I mean. When it comes to inexperienced guys, it’s probably a sure thing that he’ll be one to go crazy.
You’ll Learn More About Yourself
As you take control of the situation, you’ll start to realize what things you really enjoy in bed. You’ll be guiding the progression according to your desires, which will allow you to learn more about what you like, rather than leaving it for your partner to figure out. Some might think this is a lot of work, but honestly, it’s an exciting journey to take.
Bye Bye, Guilty Feelings
The ultimate advantage to having sex with an inexperienced guy is not subjecting yourself to that guilty next-day feeling. It’s likely that you (and your time together) means something to this guy that is more significant than the way an extremely experienced guy would feel. You’ll likely hear next-day responses like “you’ve taught me so much,” “you were the best” or “I’ll never forget this.”

युवतीहरुले पेन्टी लगाउन नपाउने देश ? किन हो त हेर्नुस् …

http://multitech-education.blogspot.com/
 महिलाहरुले लगाउने विभिन्न प्रकारका पहिरनमाथी रोक लगाईएको सुनिएको छ । महिलाहरुले अन्त:वस्त्र (पेन्टी) लगाउन नपाईने भन्ने कुरा पत्यार गर्न मुस्किल पर्छ । तर विश्वमा यस्ता देशहरुपनि छन जहाँ महिलाहरुलाई अन्डरवियर (अन्त:वस्त्र) लगाउन कानूनत रोक छ ।

कजाकिस्तान, बेलारुस र रुसमा महिलाहरुलाई अन्डरवियर पहिरन नपाउने कानून छ । अर्थात यी देशहरुका महिलाहरुले अन्डरवियर लगाउन पाउदैनन् । यहाँका महिलाहरुलाई विना अन्डरवियरनै बस्नु पर्छ ।सोभियत रुसबाट अलग भएर बनेका कजाकिस्तान, बेलारुस र रुस तीन देश छन्, यहाँका महिलाहरुले अन्डरवियर लगाउन कानूनीरुपमा रोक लगाईएको छ जसको विरोधमा अहिलेसम्म महिलाहरुले धेरै आन्दोलन पनि गरिसके तर सरकारले उनिहरुको मागको सुनुवाई गरेको छैन ।
यस कानून अन्तर्गत यी देशहरुमा लेसवाला अन्त:वस्त्रको उत्पादन, आयात एवं बिक्रीमा पूर्णरुपमा प्रतिबन्ध लगाईएको छ । यस कानूनको बिरोधमा यहाँका महिलाहरुले पेन्टी अर्थात अन्डरवियर हातमा लिएर बिरोध प्रदर्शन गरे । प्रदर्शनका अवसरमा पुलिसले कजाकिस्तानबाट ३० महिलाहरुलाई पक्राउ समेत ग-यो । महिलाहरुले लामो समय देखी यस कानूनलाई खारेज गर्न माग गरिरहेका छन् तर सरकार उनिहरुको माग मान्न तयार देखिदैन

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID