Tuesday, 9 December 2014

काठमाडौंका बिभिन्न गेष्ट हाउसमा सेक्स गर्दा गर्दै पक्राउ

 प्रहरीले छापा मार्नेक्रममा यौन क्रिडामा लिप्त जोडीबिच भागाभाग र रुवाबासी चलेको थियो ।
कतिले आफुहरु श्रीमान श्रीमती भएको भन्दै छाडिदिन बिन्ति गर्दै थिए भने कति रुंदै एकपटकलाई छाडिदिन हात जोडि रहेका थिए !

तिमि संग छुटेर रुन पर्ने भए मन मुटु दुखेर रुन पर्ने भए माँया लाउने थिइन धोका पाउने थिइन सधै एक्लो बनेर रुन पर्ने भए तिमि आयौ जिन्दगीमा खुशी लिएर थाहा छैन किन गयौ आँसु दिएर यिनै आँखा पुछेर रुन पर्ने भए मन मुटु दुखेर रुन पर्ने भए मैले बाँचा गर्ने थिइन तिम्रै लागी मर्ने थिइन सप्ना शिसाझै फुटेर रुन पर्ने भए तिमीबिना मर्छु भन्थ्यौ घात गर्यौ आँसु दिन रहिछ मिठा बात गर्यौ आफ्नै सामु लुकेर रुन पर्ने भए मन मुटु दुखेर रुन पर्ने भए माँया लाउने थिइन धोका पाउने थिइन !

महिलाहरुले नाङ्गै भएर के गरे यस्तो..(फोटो फिचर)

संसारभरी जनावरको अधिकार सम्बन्धी मुद्धा चर्को बन्दै छ । केही दिन अघि नेपालको गढीमाइमा पनि विभत्स ढंगले हजारौंको जनावरको बली दिएको भन्दै विरोध भयो ।
यस्तै जनावरको अधिकार खोज्ने एनिमल राइटिष्टहरुले स्पेनको बार्सिलोनामा अनौठो विरोध गरे । जनावरको छालाबाट सामान बनाउने कुराको विरोधमा यी महिला तथा पुरुषहरुले यस्तो विरोध गरे ।
विरोधमा आएका महिलाहरु सर्वाङ्ग नाङ्गै थिए । उनीहरुको अवस्था हेर्दा साँच्चिकै विभत्स देखिन्थ्यो । किन भने उनीहरुले शरीरमा रगत जस्तो देखिने रातो रंग पनि छर्केका थिए ।
बार्सिलोना शहरको ला प्लाजा ड्ल री स्क्वायरमा जम्मा भएका यिनीहरुले जनावरको छालाबाट सामान बनाउने कुराको विरोध यसरी गरेका हुन् ।

यौन सम्पर्कका बारेमा पढ्न लाज मान्नेहरुले यो पढ्नुस

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययनअनुसार किशोर-किशोरीले औसत १८ वर्षको उमेरमा आफूले पहिलो पटक यौन सम्पर्क गरेको बताएका छन्। किशोर-किशोरी तथा युवामध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पतीमध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेको तथ्यांक सार्वजनिक भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१० र २०११ मा गरेको सर्वेक्षणमा १५ वर्ष नपुग्दै सात प्रतिशत किशोर-किशोरीले यौन सम्पर्क राखेको तथ्य प्रकट भएको थियो। नयाँ एक सर्वेक्षणले ७२ प्रतिशत किशोर-किशोरीले यौनसम्पर्क राख्ने गरेको, २४ प्रतिशतले ब्याइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको र तीन प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको तथ्यांक उदांगो पारेको छ। १० देखि २४ वर्ष उमेर समूहका आठ हजार नौ सय ७४ घरधुरीका १४ हजार सात सय ५४ जना किशोर-किशोरीमा गरिएको सर्वेक्षणबाट उक्त तथ्यांक आएको हो। यस्तो तथ्यांकले शहरी जीवनमा हुर्किरहेको नयाँ पुस्तालाई सम्बोधन गरेको छ। सेक्स जति सरल भएको छ, त्यति नै सहज पनि। बढ्दो इन्टरनेट प्रयोगलाई यसको प्रमुख कारण मानेका छन्, विश्लेषकहरूले। 'म आफ्नो करिअर डेभलप नगरी विवाह गर्दिनँ, कम्तीमा ३० वर्षमा गरिन्छ बिहे,' भर्खरै प्लस टू पास एक किशोर भन्छन्, 'गर्लफ्रेन्ड छँदै छ, करिअर बनाएरमात्र विवाह गर्ने हो। फेरि, विवाह जेका लागि गर्ने हो, त्यो मैले प्राप्त गरिरहेकै छु।' ढिलो विवाह गर्ने चलन दाम्पत्य जीवनका लागि सहज मानिन्छ। तर, कतिपयले यसलाई अस्वीकार पनि गर्छन्। 'करिअर बनाउने भनेकै तीस वर्षसम्म हो। त्यसपछि भविष्य कसरी सुखमय बनाउने भनेर सोच्नुपर्छ। त्यसैले बिहे ढिला गर्नुपर्छ,' एक युवाले भने। प्लस टू भर्खर पास गरेका उमेर समूहका केही युवाहरूसँगको कुराकानीका क्रममा कोही ढिलो बिहेको पक्षमा उभिए भने केही बिहे भनेको बँैस छँदै गर्नुपर्छ भन्नेहरू पनि भेटिए। करिअर पछि बनाउने र आफ्नो जीवन पनि सुखी राख्नका लागि चाँडो विवाह गर्नुपर्ने उनीहरूको जोड छ। दाम्पत्य जीवनलाई प्रधान नमान्ने शहरिया नयाँ पुस्ता बिस्तारै यौन सम्पर्कलाई प्रमुख स्थानमा राखेर हेरिरहेको छ। आवश्यकता र महत्व छुट्याउन नजान्दा र समयमा यौनबारे सहज शिक्षा नपाउँदा शहरी किशोर-किशोरी सेक्स गर्न हतारिएका छन्।यौनसम्बन्धी अत्यधिक उत्सुकता र चाहनाका कारण एक युवकले १२ वर्षको उमेरदेखि नै गाउँकी नातामा बहिनी पर्नेसँग करिब आठ वर्षसम्म यौनसम्बन्ध राखे। एउटै कक्षामा पढ्ने भएकाले पनि उनीहरूले पढ्ने बहानामा सम्बन्ध राख्ने गरेका थिए। अपरिपक्व उमेरमा रहेको असीमित यौन उत्सुकताका कारण उनीहरूले नजिकको नातालाई बिर्सेका थिए।

उनीहरूको वास्तविकता समाजमा कहिल्यै बाहिर आएन। तर, उनीहरूको सम्बन्ध भने सुरक्षित थिएन भन्ने कुरा उनीहरू स्वयंले स्वीकार गरेका छन्। सानै उमेरदेखि आधुनिक प्रविधिसँग पहुँच बनाउन थालिसकेका आजका युवाले यौनलाई अत्यन्त हल्का रूपमा लिइदिँदा यसले विकृति समेत निम्त्याउन थालिसकेको छ। दश कक्षा पढ्दासम्म पनि गर्लफ्रेन्ड बनाउन नसक्नेहरूको साथीहरूमाझ इन्सल्ट हुने गरेको कक्षा ९ पढ्दै गरेका मुकेश बताउँछन्। 'हाम्रो ग्याङ ठूलै छ। सबैजसोका गर्लफ्रेन्ड पनि छन्। गर्लफ्रेन्ड नहुनेहरू ग्रुपमा कार्टुन हुन्छन्। गर्लफ्रेन्ड भएपछि किससिस हुनु त सामान्य भइ नै हाल्यो,' उनले भने। उनीहरूले सामान्य रूपमा लिएको 'किससिस' कक्षा १२ सम्म पुग्दा यौन सम्पर्कसम्म पुगिसकेको हुन्छ। कक्षा १२ मा पढ्दै गरेकी एक किशोरी कलेज ड्रेसमा नै गर्भपतनका लागि मेरी स्टोप्समा पुगेकी थिइन्। जोसमा होस नगुमाई सुरक्षित तरिकाले शारीरिक सम्बन्ध राखेको भए यो अवस्थाको सिर्जना हुने थिएन। उनलाई यौनसम्बन्ध राख्दाको अनुभवबारे साथीहरूले बताएका थिए। साथीहरूले झैँ यौनका बारेमा जान्ने र आफ्नो इच्छा पूरा गर्ने चाहनालाई कन्ट्रोल गर्न नसक्दा उनले गर्भपतन गर्नुपरेको थियो। चौबिसै घण्टा कम्प्युटर र नेटमा झुन्डिरहने बालबालिकाका अभिभावकले आफ्ना छोराछोरीले के गरिरहेका छन् भनेर ुफलो अपु गर्नुपर्ने आवश्यकता छ । स्कुलमा समेत यौन तथा प्रजनन स्वास्थ्यको ुटपिकु आएमा आफैँ पढ भनेर छाडिदिने शिक्षकको प्रवृत्तिका कारण पनि किशोरावस्थाका विद्यार्थीले अन्य माध्यमलाई यौन जिज्ञासा मेटाउने साधनको रूपमा प्रयोग गर्न थालेका छन्। गाँस, बास, कपासझैँ यौनले पनि मौलिक अधिकारभित्र आफ्नो स्थान पक्का गरिसकेकाले कसैलाई पनि यौनजन्य क्रियाकलाप नगर भनेर रोक्न मिल्दैन। त्यसैले खुलेर यौनसम्बन्धी जिज्ञासा राख्ने वातावरण सिर्जना गरिदिने हो भने किशोर-किशोरी आपराधिक तथा असुरक्षित यौनजन्य क्रियाकलापबाट बच्न सक्छन्।

सिंहको मुखबाट बाँच्न सफलः एक युवकलाई खेलौनाजस्तै खेलेपछि छोडिदियो सिंहले (भिडियो सहित)

बार्सिलोना चिडियाखानामा सिंहलाई घेरेर राखेको ठाउँमा हाम फालेका एक व्यक्ति तीनवटा सिंहको आक्रमणपश्चात सख्त घाइते भएका छन् । घाइते उनी बाँच्न भने सफल भएका छन् ।
सैनिक ड्रेस लगाएका ती व्यक्ति त्यहाँ बारिएको रेलिङ चढेर सिंह भएको ठाउँमा पुगेका थिए । त्यहाँ पुगेलगत्तै उनलाई एउटा सिंहले त्यहाँबाट टिपेर खाल्डोमा फालेको थियो । अर्को उनको ब्याग लिएर दौडन सुरु गर्यो भने तेस्रोले ती व्यक्तिलाई घिसारेर सुरुङमा लगेको थियो । सिंहले ती व्यक्तिलाई खेलौनाको रुपमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् । ती सिंहहरुले उनलाई करिब आधा घण्टासम्म ओल्टाई पल्टाई गरेर खेलिरहेको बताइएको छ । पछि सिंहहरुमाथि पानीको फोहोर फ्ँयाक्दै ती मानिसको ज्यान बचाइएको थियो । उनी त्यहाँ कुन उद्देश्यले पुगे भन्ने कुरा यकिन हुन भने सकेको छैन ।

४५ वर्षीय ती व्यक्तिलाई सिंहले टोकेको र कोपरेको दागसहित उद्दार गरिएको थियो । तत्पश्चात उनलाई उपचारको लागि भाल डि हेब्रोन अस्पतालमा पुर्याइएको थियो । उनी अहिले खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

बिहे अघि नै घोर्ले छोरो चाहिने यी नायिकाहरु, हेर्नुहोस यी कुमारी नायिकाहरु कसरि भए गर्भवती (फोटो फिचर)

 एजेन्सी । हुन त फिल्मी दुनियामा तत्काल विहे र तत्काल डिभोर्स सामान्य कुरा नै भैसकेको छ । डिभोर्स भन्दा पनि विवाह तत्काल हुने गरेको छ ।
यसको कारण यो पनि होकी नायिकाहरु विहे भन्दा पहिले नै गर्भवती बन्नु । हामी तपाईंलाई यस्तै नायिकाहरुका बारेमा जानकारी दिदै छौं कि, जो विहे भन्दा पहिले नै गर्भवती भएका थिए ।
श्रीदेवीः श्रीदेवी यस्ती नायीका हुन्, जस्ले आफु विहे भन्दा पहिले नै गर्भवती भएको खुलासा गरेकी थिइन् । उनको निर्माता बोनी कपुरसँग सम्बन्ध राखेकी थिइन्, विहे गरेको केहि महिनामै उनले छोरी जन्माइन ।
sridevi_1
सारिकाः सारिका अभिनेता कमल हसनका साथ सम्बन्धमा रहिन् । कमलले आफ्नी श्रीमती वाणीसँग सम्बन्ध विच्छेद गरिसकेका थिए । सारिकाले विहे भन्दा पहिले नै छोरी श्रुतीको जन्म भैसकेको थियो ।
sarika_2
कोकण सेन शर्माः कोकण सेन शर्माले अभिनेता रणवीर शैरीसँग डेटीङ सुरु गरेकी थिइन् । सन् २०१० मा उनीहरुले अचानक विवाह गरे । विहेको ५ महिना नबित्दै घोर्ले छोरो जन्माइन् ।
konkana_3
अमृता अरोडाः अमृता अरोडाको व्यापारी शकील लदकसाग लभ परेको थियो । त्यस बेला उनी गर्भवती भइन् । उनीहरु दुवैले विना अलमल विहेको फैसला गरे । हतार हतार विहे गरेका उनीहरुले केहि समयमै बच्चा जन्माए ।
amrita-arora_4
सेलिना जेटलीः सेलिना जेटलीले पनि व्यापारी पीटर हागसँग दुवइमा गुपचुप विहे गरिन् । उनी विहेपहिल्यै गर्भवती भैसकेकी थिइन् । उनले विहे गरेको सात महिना नवित्दै जुम्ल्याहा सन्तान जन्माइन् ।
celina_5
अनुष्का शंकरः प्रसिद्ध सितारबादक अनुष्का शंकर वेलायती फिल्म निर्माता जो राइटसँगको डेटिङका क्रममा गर्भवती भएकी थिइन् । जव उनलाई आफु गर्भवती भएको थाहा भयो, उनले तत्काल विहे गरिन् । विहे गरेको ८ महिनामा उनले पनि बच्चा जन्माइन् ।

Monday, 8 December 2014

महिलाले मरिहत्ते गर्ने केहि रोचक कुराहरु !

भनिन्छ महिलाहरुलाई बुझ्न गाह्रो छ तर, यदि एकअर्कामा राम्रो सम्बन्ध छ भने र पर्याप्त सम्बाद हुने हो भने न त महिला न पुरुषलाई बुझ्न गाह्रो हुन्छ । पुरुष साथीहरुकालागि यहाँ यस्ता कुराहरु दिइएका छन् जसमा महिलाहरु फिदा हुने गर्दछन्:

चस्माः
समय परिवर्तनशील छ र अहिलेको यो समयमा चस्मा लगाउने पुरुषहरु महिलालाई आकर्षित बनाउने गर्दछन् । चस्मा लगाउने पुरुषहरु बुद्धिमान देखिने भएका कारण महिलाहरु उनीहरुप्रति आकर्षित हुने गर्दछन् । यदि पुरुषहरु बुद्धिमान छन् भने उनीहरुे चाखलाग्दो सम्बाद गर्ने गर्दछन् फलस्वरुप परिपक्क देखिन्छन् ।

पसिनाः
पुरुषहरुमा आएको पसिनालाई महिलाले सेक्सीको संज्ञा दिने गरेका छन् । पसिनै पसिना भएको पुरुषप्रति महिलाहरु निकै आकर्षित हुने गर्दछन् ।
युनिभर्सिटी अफ क्यालिफोर्नीयाका अनुसन्धानकर्ताहरुका अनुसार पुरुषको पसिनामा हुने एन्ड्रोस्ट्याडिनोन नामक केमिकलले महिलाको हर्मन लेभल र सेक्सप्रतिको चाहना वृद्धि गर्ने बताएका छन् । तर, यसो भन्दैमा आफ्नो सबै बडी स्प्रे र अत्तर भने नफ्याक्नु होला ।
खैरो कपालः
अहिलेको समयमा धेरै पुरुषसाथीहरुले आफ्नो कपाल कालो बनाउन धेरै प्रयास गर्नुहुन्छ तर याद राख्नुहोस्, खैरो कपालमा पुरुषहरु हँसिलो, शिष्ट र परिपक्क देखिनुहुन्छ । म्याच डट कमले पत्ता लगाएको अनुसन्धान अनुसार ७२ प्रतिशत महिलाहरुले पुरुषको खैरो कपाल मनपर्ने बताएका छन् ।
घरको बोटबिरुवाः
बोटबिरुवाको रेखदेख गर्ने र आफ्नो वातावरणको हेरबिचार गर्ने पुरुषहरु महिलाहरुका लागि बढी यादगार हुन्छन् । एउटा बोटलाई राम्रोसँग बढ्नको लागि धैर्यवान्, मायालु र केयर गर्ने मानिसको आवश्यकता पर्छ । एक्सपर्टका अनुसार यदि तपाईंले हप्ताको ३० मिनेट मात्र आफ्नो बगैंचालाई हेरबिचार गर्नुभयो भने यसले तपाईंको स्वास्थ र सेक्स लाइफमा सकारात्मक असर पुर्याउँछ ।

यस्तो सेक्समा महिलाले बढी आनन्द लिन्छन्

क्यानडाको ‘युनिभर्सिटी अफ ओटावा’ ले क्याजुअल सेक्समा एउटा रोचक अध्ययन गरेको छ । अध्ययनका 
अनुसार पुरुषको तुलनामा महिलाहरु क्याजुअल सेक्सको बढी आनन्द लिने गर्दछन्।
अध्ययनमा महिलाहरु पुरुषको तुलनामा समाजमा बढी खतरनाक स्थितिमा रहने भएकाले यस्तो भएको हो। उनीहरुमाथि समाजमा सबै प्रकारको बन्जेद लागेको हुन्छ, त्यसैले यस्तो हुने गरेको अध्ययनको ठहर छ ।
यो निष्कर्षमा पुग्नका लागि युनिभर्सिटी अफ ओटावाले ८०० जनालाई सामाजिक सञ्जालमा अनलाइन प्रनावली पठाएको थियो। उनीहरुको उमेर ३० वर्षभन्दा कम थियो ।
प्रश्नावलीमा उनीहरुको यौन अनुभव उनीहरु कसरी परिभाषित गर्छन् जस्ता प्रश्न सोधिएको थियो । उनीहरुसँग क्याजुअल सेक्सको दोस्रो रुप अर्थात वन नाइट स्ट्याण्ड, बुटी कल्स र फाइदा दिने मित्रलाई कसरी भरिभाषित गर्छन् भन्ने जस्ता प्रश्न पनि सोधिएको थियो।
वन नाइट स्ट्याण्डलाई प्रश्नावलीमा रोचक तरिकाले परिभाषित गरिएको छ । यसमा अन्जान मानिससँग या यस्तो मानिस जसका बारेमा यसअघि जानकारी थिएन । उनसँगको अचानकको शारीरिक सम्बन्धका विषयमा पनि प्रश्न सोधिएको थियो।
बुटी कललाई प्रश्नावलीमा दुई अन्जान व्यक्ति जो सेक्सका लागि एकअर्कासँग कुरा गर्छन् त्यस अर्थमा सोधिएको थियो। फाइदा दिन मित्रलाई प्रश्नावलीमा साथीसँग सहमतिमा कायम गरिने शारीरिक सम्बन्धका रुपमा परिभाषित गरिएको थियो। फाइदा दिने मित्रसँगको यौन सम्बन्धमा दुवै मित्र अविवाहित हुन्छन्।
यो तमाम प्रश्नका बीच महिलाहरुले पुरुषको तुलनामा बढी क्याजुअल सेक्स (आकस्मिक सेक्स) स्थापित गरेका थिए ।यो अध्ययन क्यानेडियन जर्नल अफ ह्युमन सेक्सुअलिटी मा प्रकाशित छ । एजेन्सी

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID