Monday, 17 November 2014

अब देखि सेक्स खेलौना सरकारले नै बिक्रि गर्ने..

व्यापारीहरुले कर तिर्न सकेनन् भनेर सरकारले नै यौन खेलौना व्यापारीका सामान कब्जा गरी यौन खेलौनाको व्यापार सुरु गर्यो भने के होला ? साँच्ची सुन्दैमा अनौठो लाग्छ । हुँदै नहुने कुरा जस्तो लाग्छ । तर अमेरिकाको कन्सासमा सरकारले यौन खेलौनाका व्यापारीहरुबाट यौन खेलौना जफत गरेर बिक्रि सुरु गरेको छ ।

समाचार अनुसार कन्सास राज्य सरकारले राज्यको राजश्वमा वृद्धि गर्ने उद्धेश्यका साथ सेक्स टोयको अनलाइन बिक्रि सुरु गरेको हो । कन्सास राजश्व विभागले गएको जुलाइमा विभिन्न ५ वटा यौन खेलौना भण्डारबाट सामानहरु जफत गरेको थियो ।

युनाइटेड आउटलेट एलएलसीले बांग नामबाट संचालन गरेका ती यौनखेलौना भण्डारहरुलाई बिक्रि तथा मुनाफा कर बराबरको १ लाख ६३ हजार डलर बराबरको रकम नतिरेको आरोप लगाइएको थियो । त्यसरी जफत गरिएका पसलहरुमध्ये दुइवटा टोपेकामा तथा जंकसन, विचिटा र कन्सास सिटीमा एक एक वटा थिए ।


जफत गरिएको सेक्स टोयहरु पुनः ती पसलहरुलाई फिर्ता गरिएको छ ता की अब ती यौनखेलौनाको लिलामीबाट प्राप्त रकम तत्कालै सरकारलाई बुझाइनेछ । रिपब्लिकन पार्टीका गभर्नर साम ब्राउनब्याकको यस्तो कदमलाई विपक्षी डेमेक्र्याटिक पार्टीले भने खुबै खिसिट्युरी गरेको छ ।

विपक्षी नेता एन्थोनी हेन्स्लेले रिपब्लिकनको यस्तो कमदको आलोचना गर्दै भनेका छन्, ‘रिपब्लिकन सरकार राज्यको बजेट घाटाको ठूलो खाडल पुर्न अक्षम छ र अहिले पोर्न व्यवसायमा लागेको छ ।

Saturday, 15 November 2014

अब काठमाडौँमा पनि निकट भविस्यमा नै मेट्रो रेल सञ्चालन हुने

काठमाडौ - २९ कात्तिक, भारतको राजधानी नयाँ दिल्ली भ्रमणको क्रममा जाँदा होस् वा युरोपेली मुलुकको यात्रामा जाँदा मेट्रो रेल पक्कै चढ्नुभएको छ होला । त्यस्तै मेट्रो चढ्ने सपना आगामी केही वर्षभित्रै पूरा हुने भएको छ । सरल सहज एवम् सस्तो यात्राका लागि विदेशी मुलुकमा लोकप्रिय त्यसप्रकारको रेल सञ्जाल विस्तारका लागि लगानी बोर्डले प्रक्रिया अगाडि बढाएको छ ।
kathmandu metro-rail
आधुनिक सहरको विशेषताका रूपमा पछिल्लो दिनमा मेट्रो रेलको विकास गर्ने र त्यसलाई सञ्चालन गर्ने प्रचलन बढ्दै गएको छ ।
विदेशी मुलुकमा विगत केही वर्षदेखि सञ्चालनमा आएको मेट्रो रेल हाम्रै मुलुकमा पनि आगामी केही वर्षभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ ।
काठमाडौँ उपत्यकाभित्रको बढ्दो जनघनत्व र सार्वजनिक सवारी साधनमा देखिएको विकृतिलाई रोक्नका लागि रेल सञ्जालको विकास गर्न लागिएको बोर्डले जनाएको छ ।
राजधानीवासीलाई सरल र सहज रूपमा यात्रा गर्ने वातावरण बनाउने ध्येयका साथ निर्माण गरिने रेल सञ्जालको हाल सम्भाव्यता अध्ययनको काम भइरहेको छ ।
काठमाडौँ उपत्यकाका तीनवटै सहरलाई मेट्रो सञ्जालमा जोड्ने र भरपर्दो यातायात सुविधा दिने लक्ष्य राखिएको छ ।
यस्तै चक्रपथभित्र चारवटा रेडियल लाइनका आधारमा रेल सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ ।
हाल अध्ययन भइरहेको कलङ्की सिनामङ्गलको दूरी ९.३ किलोमिटर, कोटेश्वर गोङ्गबु ९.४ किलोमिटर, सातदोबाटो नारायणगोपाल चोक ११.५ किलोमिटर र बल्खु चाबहिल ८.४ किलोमिटर हुने देखिएको छ ।
चक्रपथबाहेकको अन्य चारवटै सञ्जालको केन्द्रबिन्दु भने जमललाई बनाइने छ ।
सकेसम्म काठमाडौँ, भक्तपुर, ललितपुरलाई नै रेल सञ्जालमा जोड्ने गरी अध्ययन भइरहेको छ । सम्भाव्यता अध्ययनको काम कोरियाली कम्पनी चुङसुक इन्जिनियरिङले सन् २०१२ को नोभेम्बरदेखि गरिरहेको छ ।
काठमाडौँ मेट्रो नाम दिइएको उक्त रेल सञ्जाल आगामी पाँच वर्षभित्र सञ्चालनमा ल्याउने बोर्डले लक्ष्य राखेको छ ।
व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण समितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले काठमाडौँ उपत्यकाभित्रको प्रदूषण न्यूनीकरणका लागि मेट्रो अत्यावश्यक रहेको बताउनुभएको थियो ।
उहाँले काठमाडौँमा बढ्दो जनसङ्ख्याको चापलाई थेग्न र वातावरण प्रदूषण रोक्ने उत्तम विकल्पका रूपमा भूमिगत मेट्रो उत्तम हुने र त्यसका लागि आवश्यक सहयोग गर्नसमेत आग्रह गर्नुभएको थियो ।
अनुमानित लागत रु पाँच खर्ब ४७ अर्ब लाग्ने मेट्रो निर्माणका लागि विभिन्न विदेशी निर्माणकर्ताले चासो देखाएको छ ।
हाल उक्त परियोजनाका सम्बन्धमा स्वदेशी लगानीकर्ताको समूह मेट्रो नेपाल प्रालिसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा समावेश गर्ने विषयका बारेमा छलफल भइरहेको छ ।

सबै अध्ययन प्रक्रिया सम्पन्न गरेर लगानी जुटाउनका लागि बोर्ड लागिपर्ने कार्यकारी अधिकृत पन्तको भनाइ छ । रासस

पम्पले फूलाइएका सेक्स डल अर्थात् कृत्रिम पार्टनर निर्माणमा सबैभन्दा अग्रस्थानमा रहेको शहर ।

 पुष्ट वक्षस्थल, टमक्क परेका तिघ्रा, तथा निकै खाईलाग्दा  नितम्ब- यस्तै विशेषतायुक्त कृत्रिम यौनसाथीको निर्माण गर्ने कामदारहरुको मुख्य जागिर हो यो । पम्पले फूलाइएका सेक्स डल अर्थात्  कृत्रिम पार्टनर निर्माणमा सबैभन्दा अग्रस्थानमा रहेको निंग्बो शहरले चीनमा कृत्रिम सेक्स पार्टनरको राजधानीको पहिचान बनाएको छ ।
पछिल्लो समयमा यस्ता कृत्रिम सेक्स पार्टनरको माग निकै बढेपछि उक्त सहरमा यस्ता कारखानाको संख्या पनि बढ्दै गएको छ । त्यहाँका सेक्स डल कारखानाले वर्षेनी लाखौँको संख्यामा ग्राहकका लागि हावा भरेर फुलाउन मिल्ने कृत्रिम युवती निर्माण गरेर बजारमा पठाउँछन् ।

यो सहरमा पाँच वर्षअघि बाट यस्ता सेक्स डल कारखाना संचालनमा आएका थिए । यहाँ उत्पादन हुने सेक्स डल विशेष गरी चीन, जापान, कोरिया तथा टर्कीका ग्राहकका लागि लक्षित गरी उत्पादन थालिएको भएपनि अहिले विश्वभरबाटै यी प्लास्टिकका युवतीको माग ह्वात्तै बढेको छ ।

प्लास्टिक तथा रबरले बनेका सेक्स डलहरुको थुप्रोले कारखाना भरिएको हुन्छ र भुइँभरि पनि पुक्क फुलाइएका नग्न युवतीहरु पल्टिरहेका हुन्छन् ।
उपभोक्ताको रोजाइ तथा स्तरलाइ मध्यनजर गर्दै विभिन्न मूल्य तथा गुणस्तरका सेक्स डल निर्माण हुने गरेका छन् । सबैभन्द सस्तो सेक्स डलको मूल्य झण्डै ४ हजार ७ सय रुपैयाँ जति पर्छ ।
यी सेक्स डलको अनलाइन व्यापारका क्रममा विभिन्न खाले सेक्सी नाम दिइएको हुन्छ र ग्राहकले नामै तोकेर अर्डर गर्ने गर्छन् ।

वीर्यले फेसियल मसाज गर्नुस्, सुन्दर साथै जवान रहनुस्

पुरुष वीर्यको काम के हो ? जसको पनि  जवाफ हुनेछ, सन्तानोत्पादन गर्न । तर, बेलायतकी एक महिलाका लागि यसको जवाफ भने अर्कै छ । लण्डनकी ६७ वर्षीया स्टेला रलफिनीले अनुहारको सुन्दरताका लागि वीर्यको मसाज गर्छिन् ।
स्टेला बेस्ट सेलिङ पुस्तक ‘थ्रि फेसेस अफ सेक्स’ की लेखक हुन् । अनुहारको छालालाई सुन्दर बनाउन उनी वीर्यले मसाज गरिसकेपछि १५ मिनेटसम्म राख्छिन् । यसबाट अनुहार सुन्दर देखिने उनको भनाई छ । ‘तर, वीर्यको फेसियल मसाजका लागि एक ब्वाईफ्रेण्ड या तपाईंलाई माया गर्ने पार्टनर भने चाहिन्छ, असल वीर्यका लागि उसलाई पोषणयुक्त खाना खुवाउनुपर्छ ।’ स्टेला भन्छिन् । वीर्य मसाजबाट अनुहारमा परेको चाउरीसमेत हट्ने उनले बताइन् ।
आफूलाई यो आइडिया एक भारतीय महिलाले दिएको स्टेलाको भनाई छ । ‘भारत भ्रमणका क्रममा मैले एक सुन्दर भारतीय महिलासंग उनको सुन्दरताको रहस्य सोधें, उनले अनुहारमा वीर्यको मसाज गर्ने बताएपछि मैले पनि सुरु गरें’ स्टेलाले भनिन् । एजेन्सी ।

अव्यवस्थित रुपमा घर बनाउने क्रम बढ्दै गएको र पर्यटकीय गाउँ कुरुप हुने सम्भावना देखिएको भन्दै गाउँको ‘भर्जिनिटी’ यसरी जोगाए


 गोरखाबजार : अव्यवस्थित रुपमा घर बनाउने क्रम बढ्दै गएको र पर्यटकीय गाउँ कुरुप हुने सम्भावना देखिएको भन्दै गोरखाको पर्यटकीय गाउँ बारपाकका स्थानीयले गाउँको मौलिकता जोगाउनका लागि गाउँको घडेरी बिक्री नगर्ने निर्णय गरेका छन्।  गाउँको ‘भर्जिनिटी’ जोगाएर विदेशी तथा आन्तरिक पर्यटकलाई गाउँमा आकर्षण गर्न घडेरी किनबेच रोक्ने निर्णय गरिएको स्थानीय बासिन्दा जीतबहादुर घलेले दिए।

“यहाँको मौलिक भाषा, संस्कृति,  परम्परा, भेषभूषा,  हराउँदै गएको जस्तो गाउँलेलाई लाग्यो” घलेले भने, “अन्य भाषा, संस्कृति मान्दै आएकाहरुले गाउँमा घडेरी किने, घर बनाए । हाम्रो संस्कार लोप हुने अवस्था देखेपछि घडेरी किनबेच बन्द गर्ने निर्णय गरेका हौँ ।” बारपाकमा घडेरी किनेर पक्की घर बनेपछि गाउँ कुरुप देखिएको गाउँलेको भनाइ छ । गाउँलेले २०६५ सालको गाउँ परिषद्मा घडेरी किनबेच गर्न नपाउने निर्णय गरेका थिए।

वारपाकको ४, ५, ६, ७, ८ र ९ मा एक हजार ३०० घरधुरीको बसोवास छ। यो एउटै गाउँ हो । यहाँ गुरुङ र घलेको संस्कृति अवलोकन गर्न पाइन्छ । यहाँको होमस्टे गत वर्ष नेपालकै उत्कृष्ट भएको थियो । “पर्यटकको चाप बढेपछि सहरका पर्यटन व्यवसायीले घडेरी किन्ने क्रम बढ्यो” घलेले भने, “होटलहरु खुलेपछि गाउँको मौलिक संस्कृति हराएर जान्छ । होमस्टेको व्यापार पनि घट्छ ।” बारपाकको ५० भन्दा बढी घरमा पर्यटकका लागि सुविधा सम्पन्न होमस्टे छ ।

स्थानीय बासिन्दा सुकबहादुर विश्वकर्माका अनुसार घडेरी किन्नका लागि गोरखा बजार, काठमाडौँ, पोखरादेखिका व्यापारीहरु पुगेका छन् । “सानो घडेरी त मिलाइदिनुस् भन्दै दिनहुँजसो सहरका मानिस आउँछन्” उनले भने, “बिक्री गर्न हामीसँग घडेरी छैन भनेर फर्काइदिने गरेका छौँ।” छ वर्षअघि बारपाकमा एक हात जमिनको रु एक लाखमा किनबेच भएको थियो । त्यसयता घडेरी किनबेच ठप्प छ । रासस

Friday, 14 November 2014

युवतीहरुले किन पाल्दैछन् गुप्तांगमा रौँ ?

गुप्तांग तथा काखीका रौँ सफाचट् पार्नका लागि विभिन्न खाले सौन्दर्य प्रशाधनका विधिहरु तर्फ आधुनिक युवतीहरु आकषिर्त हुन्छन् । उल्लेखित अंगका रौँ मात्र होइन आँखिभौँ तथा सरीरका अन्य भागमा पलाएका रौँ समेत उखेलेर वा खौरेर सुन्दर देखिने लालसा युवतीहरुमा हुन्छ र यसका लागि धेरै खर्च समेत गर्न पछि पर्दैनन् । तर दक्षिण कोरियाली युवतीहरुमा भने गुप्तांगका रौँ पाल्ने प्रचलन फस्टाएको मात्र छैन गुप्तांग क्षेत्रमा रौँ प्रत्यारोपण गर्ने चलन पनि बढेको छ । यो वर्षको सुरुतिर अमेरिकाको एक म्यागेजिनले न्युयोर्कका ब्यूटी सैलुनहरुमा महिलाहरुको गुप्तांगका रौँ बढाउने ब्राजिलीयन मैन विधिको क्रेज बढिरहेको समाचार छापेको थियो । गुप्तांगका रौँ पाल्ने संस्कृतिका विषयमा म्यागेजिनले विशेष अंक नै छापेकेा थियो कुनैबेला । 
तर अहिले दक्षिण कोरियामा गुप्तांगका रौँ पाल्ने संस्कृति नै फस्टाएको समाचार आएको छ । रिफाइनरी ट्वान्टी नाइन नाम वेबसाइटका अनुसार ‘रौँ कलमी’ दक्षिण कोरियाको विषय बनिरहेको छ । निकै बढेका तथा बाक्लो गुप्तांगका रौँ हुनुलाई कोरियामा युवतीको प्रजनन क्षमता तथा यौन स्वास्थ्यको सूचकको रुपमा मानिन्छ । त्यसैले गुप्तांगमा रौँ कम हुने युवतीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यमा कमजारे युवतीको रुपमा लिइन्छ । कोरियन एसोसिएसन अफ मेडिकल इडिटर्सका अनुसार दक्षिण कोरियामा हरेक १ सय जनामा १० जना युवतीहरुमा गुप्तांगमा पर्याप्त रौँ नहुने समस्या छ । यसलाई प्युबिक आटि्रकोसिस नाम दिइएको छ । गुप्तांगमा पर्याप्त रौँ नहुने यस्तो समस्या भएका युवतीहरु आफ्नो श्रीमान वा प्रेमीको दबाबका कारण पनि गुप्तांगमा रौँ प्रत्यारोपण गराउने तर्फ अग्रसर हुँदै गएको बताइन्छ । यस अन्तरगत टाउकोबाट रौँ उखेलेर त्यसलाई गुप्तांगमा प्रत्यारोपण गरिन्छ । यो निकै महंगो पद्धति भएपनि युवतीहरुले आफुलाई युवकहरुको रोजाइमा पार्न तथा यौन र वैवाहिक जिवनलाई सफल बनाउन गुप्तांगमा रौँ प्रत्यारोपण गर्ने गरेका छन् ।

गर्लफ्रेन्ड पट्याउने केहि नया टिप्स

 अक्सर युवाहरु प्रेममा बढी इमोशनल हुन्छन् । त्यस्तो अवस्थाबाट जोगिनुपर्छ ।युवतीहरु धेरै भावुक युवालाई रुचाउँदैनन् ।
–बढी भावुक हुँदा मनको कुरा खेलेर गर्न सकिँदैन।
–निराश देखिनबाट जोगिनुपर्छ । युवतीहरुले आफ्नो लक्ष्यप्रति सजग र आत्मविश्वासी ब्वाइफ्रेण्ड नै रुचाउँछन् ।
–यदि कुनै युवतीसँग मित्रता छ र उसलाई गर्लफ्रेण्ड बनाउने सोचमा हुनुहुन्छ भने त्यस्तो गल्ती नगर्नुहोस् । त्यसले मित्रता टुट्न पनि सक्छ।
–युवतीहरु त्यस्ता युवकलाई मन पराउँछन् जो आफ्नो निर्णय आफै लिन सक्षम हुन्छन् । एजेन्सी

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID