Thursday, 6 November 2014

Hollywood star Tom Cruise does it again, shoots yet another death defying stunt!

Hollywood Top star Tom Cruise is all set to stun his fans with his daring act yet again. Tom Cruise will be seen doing some death defying stunts in his forthcoming film Mission Impossible 5. The 52-year-old actor was recently seen filming a an action sequence, wherein he was hanging on the gate of a military plane flying at a height of 5,000 feet, for the film,
Sources say this is by far the most daring action stunt shot by an actor himself.
The film is being shot in Britain. According to reports, Cruise hung onto the A400M airbus with 4 engines.
Prior too, Cruise, in 2011, dangled from the world's tallest building, the 123-story Burj Khalifa in Dubai, for "Mission Impossible: The Ghost Protocol."

Porn Star Sunny Leoni action to look at the new film Avatar, there were pictures

Mumbai . 'Jism 2' and 'Ragini MMS 2' role after playing in movies like Sensuous Porn Star

Sunny and Karisma both have special training for the action scenes. The news that both the actress and the film has many action scenes himself has had to work hard for it.
Sunny Leoni now be seen in action are being avatar. The film Devang Dholakia's film 'Tina & Lolo'. TV Actress in the movie with them and 'Grand Masti' fame actress Karishma Tanna (who currently ' Big Boss 8 'are Kantestent) are also an important role.

From a child artist to a fully fledged Heroine, Film actress Shweta Basu Prasad’s evolution as an on screen performer

Film actress Shweta Basu Prasad started her carrier as a child artist with Shabana Azmi starrer Makdee in the year 2002. She even won a National Film Award for the film as a Best Child artist

The 23 year old actress rose to fame with Shreyas Talpade starrer Iqbal in 2005. She was nominated for various awards and praised by the critics for her performance in the movie.
 
The Bong beauty started working at the tender age of 11, wh

The actress is a known face in South movies, beside this she has even done many films in Bengali language as a leading lady.

Shweta was lately arrested on the charges of being involved in a sex scandal. The incident shocked the film industry but Sakshi Tanwar who played her mother in Kahaani Ghar Ghar Kii, came in her support.
en she featured in her first Hindi film. She also tried her hands on small screen starring as a child actor in serials like Star Plus series Kahaani Ghar Ghar Kii as Shruti, and in soap operas like Karishma Kaa Karishma.

निर्देशक आलोक नेम्वाङद्धारा आत्महत्या


काठमाडौ, कार्तिक २० – चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङ धापासीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

 नेम्वाङको तेस्रो चलचित्र ‘अझै पनि’ रिलिज हुने तयारीमा रहेको थियो ।

दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङले सानो संसार र कोही मेरो चलचित्रको निर्देशन गरेका थिए । उनी अविवाहित थिए ।

सञ्जय दत्तलाई हेर्ने भन्दै कक्षा आठमा पढ्दा पढ्दै मुम्बई भागेका नेम्बाङ पछि गएर नेपालका चर्चित म्युजिक भिडियो र चलचित्र निर्देशक बने । नेपाली सिनेमा नयाँ युगको सुरुवात गर्ने नेम्बाङले आफ्नो करियरको शुरुवात इमेज च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा गरेका थिए ।

नबिन के भट्टराईको लाखौं पटकबाट उनी नेपाली संगीत क्षेत्रमा म्युजिक भिडियो निर्देशकको रुपमा प्रवेश गरेका हुन् । नबिर्से तिमीलाई, नपाएँ तिमीलाई, पूरानो हुँदैन माया, डुब्न देउ लगाउत चर्चित भिडियो निर्देशन गरेका नेम्बाङ अब सदाका लागि बिदा भएका छन् ।

 उनको आत्महत्याको कारणबारे अझै केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
गत साता नेम्वाङसँग शुक्रबार साप्ताहिककी सजना बरालले अन्तरंग कुराकानी गरेकी थिइन्। त्यसमा उनले आफू एक्लै बस्न रुचाउने व्यक्ति भएको बताएका थिए। पढ्नुहोस् अन्तर्वार्ता विस्तृतमाः

 घर सर्नु भएछ...
सरेँ। धेरै वर्ष भाटभटेनी बसियो। पहिले–पहिले त्यो एरिया शान्त थियो। रमाइलो लाग्थ्यो। अचेल हल्लाखल्ला बढी हुन्छ। मलाई कोलाहल मन पर्दैन। शान्त ठाउँमा एक्लै बस्न रुचाउँछु। मान्छेहरू आउजाउ गरेको पनि त्यति मन पर्दैन। त्यहाँ छँदा धेरैले मेरो घर चिनेका थिए। त्यसैले, आउजाउ बढी हुन थाल्यो। मैले आफूलाई टाइमै दिन सकिनँ। निस्सासिएजस्तो भयो। त्यसैले त्यो ठाउँ छोडेँ। नयाँ घर शान्त ठाउँमा छ। आनन्द लाग्छ।

घरमा एक्लै बस्नुहुन्छ। दिन काट्न गाह्रो हुँदैन?
कुकुर, बिरालो पालेको छु। बंकी, न्होलो, अल्छी, मैली र सल्टी गरी पाँचवटा कुकुर–बिराला छन्। यिनीहरूसँगै खेलेर बस्छु। यिनीहरूकै हेरचाह गर्छु। केही पाइनँ भने एक्लै धुमधुमती बस्छु। त्यसो गर्न पनि रमाइलो लाग्छ। घरको सरसफाइ आफैँ गर्छु। समय बिताउन गाह्रो छैन। बरु, म त कहिले काम सकिएला र घर गएर एक्लै बसौँला भनेर कुरिरहन्छु। मलाई मेरो साथ प्यारो लाग्छ।

सबै कुकुर, बिराला किनेरै ल्याउनु भएको हो?
होइन। मैले यिनीहरूलाई सोखले पालेको पनि होइन। म त 'मी टाइम' धेरै चाहिने मान्छे भएकाले जीवजन्तु केही पाल्दिनँ, फुक्काफाल भएर बाँच्छु भन्ने सोचमा थिएँ। तर, यिनीहरू सडकमा बेहाल भएर हिँडेको देखेपछि मन थाम्न सकिनँ। घर ल्याएँ। सल्टीलाई इमेज एफएममा छँदा नै फेला पारेको हुँ। एकदम लुते, जीउभरी खटिरा भएको अवस्थामा अफिसअगाडि आएको थियो। साह्रै माया लाग्यो। उठाएर घर ल्याएँ। बंकी बिरालोलाई चाहिँ तीन महिनाअघिमात्रै भेट्टाएको हुँ। यो पनि खान नपाएर हाड र छालाको मात्रै थियो। अहिले मोटाएर ढुस्स भा'छ।

 जनावरको त्यस्तो माया लाग्छ?
एकदमै माया लाग्छ। मलाई मान्छेमा त्यति लगाव छैन। तर, पशुपक्षीप्रति भयंकर अट्याचटमेन्ट छ। यिनीहरूको दुःख हेर्नै सक्दिनँ। यिनीहरू छटपटाएको देख्दा असाध्यै पीडा हुन्छ मलाई। धेरै समयसम्म दुःखी भइरहन्छु। एकातिर मान्छे मर्न लागेको छ र अर्कोतिर जनावर घाइते भएर छटपटाइरहेको छ भने म जनावरको पीडा देखेर कहालिन्छु। मान्छेको अवस्थाप्रति चासो हुँदैन। यी दुईमध्ये कसलाई केयर गर्ने भनियो भने म निसंकोच जनवारपट्टि लाग्छु। सुन्दा अनौठो लाग्ला। तर, मेरो स्वभाव यस्तै छ।

मान्छे चाहिँ केही होइनन् तपाईंका लागि?
म पनि मान्छे भएकाले मलाई पनि अरू मान्छे चाहिन्छ। समाज चाहिन्छ। मेरो व्यवसाय मान्छेहरूसँग घुलमिल हुनैपर्ने खालको भएकाले बाध्यतावश अरूसँग बोल्ने, फाट्टफुट्ट पार्टीतिर गइदिने, अन्तर्वार्ता दिने गर्छु। मेरो रुचि र स्वभावमा अन्तर नहुँदो हो त म यो सबै केही गर्दैन थिएँ। मान्छे भनेका रिप्लेसेबल चिज हुन् भन्ने लाग्छ मलाई। एउटा मान्छे गए अरू दशजना उसको ठाउँमा आइपुग्छन्। 'यो मान्छे सबैभन्दा महत्त्वपूर्ण छ, योबिना जिन्दगी नै चल्दैन, योबिना कामै बन्दैन' भन्नेमा विश्वास लाग्दैन। मान्छे भन्ने जातका कतिपय कुरा मलाई चित्त बुझ्दैनन् पनि। कहिलेकाहीँ त मान्छेहरू प्लास्टिकजस्ता देख्छु। उनीहरूको व्यवहार र आडम्बरले त्यस्तो छनक दिन्छ। त्यसकारण मान्छेप्रति श्रद्धा जाग्दैन। हामीमा इमानदारी र बफादारी भइदिएको भए हामी पनि चार हातखुट्टा टेकेर हिँड्ने थियौँ भन्ने लागिरहन्छ सधैँ।

मान्छेप्रति लगावै नभएर हो बिहेवारी नगर्नु भएको?
बिहे किन गर्ने? दुइटा उत्तर छन्। एक, वंश अगाडि बढाउन। दोस्रो, सहाराका लागि। यी दुवै कुरा तत्कालका लागि मलाई चाहिएका छैनन्। जतिबेला मलाई खाँचो पर्छ, त्यतिबेला गरौँला। अहिले म बिहेका लागि मानसिक रूपमा तयार छुइनँ। बिहे गरेपछि सामना गर्नुपर्ने प्रश्नका ओइरोदेखि तर्सिन्छु। 'कहाँ गएर आएको? किन गएको?' यस्ता प्रश्न मलाई मन पर्दैनन्। मलाई त मेरो आमु, दिदी–भिनाजुले समेत 'तँ त बिहे नै नगर, आफ्नै तरिकाले बाँच्' भन्नुहुन्छ।
किन?
भनेँ नि, म बिहेको लागि अहिले रेडी (तयार) छुइनँ। उहाँहरूले मलाई र मेरो स्वभावलाई बुझ्नुभएको छ। त्यसैले त्यस्तो प्रतिक्रिया दिनुहुन्छ। तर, एउटा रमाइलो कुरा के छ भने हाम्रो समाजमा बिहे नगरी बसेका महिला या पुरुष, दुवैप्रति अनेक आशंका गरिँदा रहेछन्। उनीहरूमाथि धेरै प्रश्न उठाइँदा रहेछन्। जस्तो, किन बिहे नगरेको? के भएर नगरेको? आदि। बिहे नै सबथोक हो भन्ने मान्यता छ यहाँ। संसारमा अरू कुरा पनि हुन्छन् भन्ने थाहै छैन। मान्छेको स्वभावको विविधताबारे आइडियै छैन। ममाथि चाहिँ यस्ता प्रश्न उठाउनुको तुक किन पनि छैन भने, मैले भन्दै आएको छु नि, मलाई समग्र मान्छेप्रति नै लगाव छैन। लगावै नभएपछि म कुनै मान्छेसँग नजिक हुने वा आत्मीय हुने त चान्स नै छैन।

आजका मितिसम्म मान्छे जातको कसैसँग पनि तपाईं आकर्षित हुनुभएन?
भएँ नि। मान्छेप्रति लगाव छैन, पर्सनल स्पेस बढी चाहन्छु भन्दैमा मभित्र मान्छेका गुणहरू नै छैनन् भन्ने होइन। जिन्दगीको एउटा एपिसोडमा मायाप्रेम पनि गरियो। अहिले जति पर्सनल स्पेस चाहिन्छ, मलाई त्यो बेला यतिविघ्न चाहिँदैन पनि थियो। अमेरिकामा छँदा मेरो ताल देखेर साथीहरू छक्क पर्थे। 'ओ माई गड तँ त...' भन्थे। तर, ती सबै क्षणिक थिए। अफेयर, रोमान्स, गर्लफ्रेन्ड सबै कुराका आ–आफ्ना समय हुँदा रहेछन्। मैले त्यो समय पार गरिसकेँ। तर, एउटा सत्य चाहिँ के भने मलाई त्यो बेला पनि बिहे गरौँ भन्ने रहर चाहिँ कहिल्यै जागेन।
सबैसँग टाइम–पासमात्रै गर्नुभयो...
केटा र केटी दुवैको समझदारीमा भएका चिजलाई टाइम पास भन्न मिल्दैन। एउटाले आफ्नो फाइदाको लागि मात्र प्रेमको नाटक गर्छ भने त्यसमा खोट हुन्छ। मैले त्यस्तो गरिनँ। कहिल्यै कसैको चित्त दुखाइनँ।

 यसपालि पनि सुदर्शन थापासँगै काम गर्नु भएछ। फेरि पनि उही लभ–स्टोरी फिल्म बनाउने हो?
होइन। यसपालि हामीले पहिलेका जस्ता सिनेमा बनाएका छैनौँ। 'अझै पनि' सामाजिक प्रकारको फिल्म हो। यसमा काँठ क्षेत्रको कथा समेटिएको छ। यसमा ठेट नेपालीपनको सुगन्ध आउँछ भन्नेमा हामी विश्वस्त छौँ।

फिल्मको विधा किन फेर्नुभएको?
शहरिया वातावरणको, माया–प्रेममा आधारित फिल्म बनाइसकेँ। यसपालि अलि फरक गरौँ भनेर विशेषतः ग्रामीण समाजको विषयवस्तु रोजेको हुँ। फेरि, हामी जतिसुकै आधुनिक बन्न खोजे पनि आफ्नो मूल्य र मान्यतालाई बेवास्ता गर्न सक्दैनौँ। देश/विदेश जति चहारे पनि आखिर आफ्नै ठाउँ प्यारो लाग्छ, आफ्नै गाउँ प्यारो लाग्छ। त्यसकारण, शहरिया रिवाजको कथाभन्दा अलि पर गएर मैले हाम्रो असली संस्कृति, मूल्य र मान्यतामा आधारित फिल्म बनाएको छु यसपालि।

प्रायः एउटै टिमसँग काम गर्नुहुन्छ तपाईं। म्युजिक भिडियोमा झरना वज्राचार्य, नम्रता श्रेष्ठ आदिलाई लिनुहुन्छ। फिल्ममा पनि सुदर्शन थापा, आर्यन सिग्देलसँग काम गर्नुहुुन्छ। किन यस्तो?

यसको एउटै उत्तर छ– मसँग बिर्यानी खाने औकात छ भने म किन उसिनेको चामलको भात खान्छु? मैले झरना वज्राचार्य, नम्रताजस्ता सिपालु कलाकारसँग काम गर्न पाउँछु भने केही जान्दै नजानेका, मार्केट भ्यालू पनि कम भएकासँग किन काम गर्नु? नेपालमा झरनाबाहेक क्यामरामा त्यतिविघ्न फ्यानट्यास्टिक र त्यतिविघ्न सेक्सी देखिने अर्को मोडल भेटेको पनि छुइनँ मैले। यसो भनेर अरूलाई कम आँकेको होइन। प्रियंका कार्की, केकी अधिकारीहरूसँग पनि नियमित काम गरिरहेको छु। तर, झरनामा बेग्लै क्वालिटी छ।

 तर, जतिसँग काम गर्नुहुन्छ, उनीहरूसँग सम्बन्ध टिकाइराख्न सक्नुहुन्न रे नि?
सम्बन्ध भन्ने चिज दिगो हुनै सक्दैन। आमा र छोराछोरीको सम्बन्ध त सधैँ उस्तै रहँदैन भने व्यावसायिक जीवनमा भेटिएका साथीभाइसँगको सम्बन्ध तलमाथि हुनु नौलो कुरै होइन। फेरि, सम्बन्ध नटिक्नुको अर्थ यो हुन जरुरी छैन कि एकआपसमा मनमुटावै भएको होस्। झरना, नम्रतालाई मैले त्यो बेलादेखि चिनेको हो जतिबेला उनीहरू करिअर सुरु गर्दै थिए। उनीहरूले मसँग धेरै काम गरे। बीचबीचमा के कसो गर्ने भनी मसँग सल्लाह पनि मागे। पछि, आफैँ निर्णय गर्न सक्ने भए। मेरो आवश्यकता परेन। आवश्यकता परेको भए केही गडबडी छ भनेर बुझ्नुपर्थ्यो। कि त उनीहरू परिपक्व हुन नसकेका भनेर बुझिन्थ्यो कि हामीहरूबीच केही खिचडी पाकेको छ भन्ने। त्यस्तो भएन। यसको अर्थ हामीहरूको सम्बन्ध सुमधुर र निर्मल छ।

म्युजिक भिडियोको कन्सेप्ट फुराउन कत्तिको समय लाग्छ?
हेरी, हेरी हुन्छ। कहिले छिनका छिन फुर्छ। कहिले हप्तौँ सोच्दा पनि क्लिक हुँदैन। तर, नेपालमा म्युजिक भिडियो बनाउन खासै गाह्रो छैन। यहाँ थरीथरीका गीतै बन्दैनन्। सबै गीत उही मिलन र बिछोडका बारेमा गाइन्छन्। एउटै भावलाई अनेक तरिकाले देखाइरहनुपर्दा आफैँलाई वाक्क लाग्छ कहिलेकाहीँ। उही कुरो कतिचोटि, कति प्रकारले देखाउनु जस्तो लाग्छ। कसैले त पातको, आकाशको बारेमा गीत गाइदिए पनि हुन्थ्यो झैँ पनि लाग्छ कहिले त। तर, नेपालीलाई पीडा नै सुन्न मनपर्दो रहेछ। पीडै बिक्छ यहाँ। अरू विषयका गीत गाएर के काम?

कामको चाप कत्तिको छ अहिले?
चाडपर्वले गर्दा धेरै काम अधुरा रहेका थिए। तिनलाई सल्टाउनु पर्नेछ। मेरो तेस्रो सिनेमा 'अझै पनि' को काम पनि धमाधम भइरहेको छ। सुटिङ सकिसक्यो। डबिङ हुँदै छ। दुईचारवटा म्युजिक भिडियो पनि खिच्नु पर्नेछ। चापै छ भन्नुपर्‍यो।

सहवासका बेला युवकको मलद्वारमा कृत्रिम लिंग अडि्कएपछि…..(भिडियो सहित)

आफ्नी गर्लफ्रेन्डसँग सम्भोगको मज्जा लुटिरहेका एक युवकलाई वित्यासै पर्यो जब गर्लफ्रेन्डले प्रयोग गरिरहेको सेक्सट्वाय आफ्नो मलद्वारमा अडि्कयो ।

प्रेमिकाले सम्भोगका क्रममा आफ्नो मलद्वारमा छिराइदिएको कृत्रिम लिंग मलद्वारभित्रै अडि्कएपछि ती युवकलाई तत्कालै अस्पताल पुराउनुपर्यो । उनको मलद्वारभित्र अडि्कएको सेक्स टोयलाई डाक्टरहरुले बल्लतल्ल निकाल्न सफल भए ।

घटना गि्रसको हो । डाक्टरहरुले एक युवकको मलद्वारबाट सेक्सट्वाय निकालिरहेको दृश्य इन्टरनेटमा फैलिएपछि अहिले त्यो भाइरल नै बनेको छ ।

ती दृश्यहरुमा डाक्टरहरु एउटा युवकको वरिपरि झुम्मिरहेका देखिन्छन् र एउटा डाक्टरले युवकको मलद्वारभित्रबाट सेक्सटोय तानिरहेको देखिन्छ ।

मलद्वारभित्र सो सामान यसरी छिरेकेा छ की बाहिरबाट थोरै टुप्पोमात्र देखिन्थ्यो र डाक्टरहरु त्यो हेर्दै हाँसो थाम्न सकिरहेका थिएनन् र हाँसको फोहोरा छुटिरहेको थियो ।

कतिपयले त्यो अवस्थालाई बच्चा जन्मिनु अगाडि योनीबाट थोरै भाग देखिएको अवस्थासँग तुलना समेत गरे ।

डाक्टरले केही चिरफार गरेर मलद्वारबाट सो सेक्सटोय निकालेरै छाडे । तर त्यतिबेला सम्म ती डाक्टरका सहपाठीहरुले त्यो अत्यासलाग्दो तथा अनौठो दृश्यलाई आफ्नो मोबाइलको क्यामरामा कैद गरिसकेका थिए ।

जब त्यो भिमकाय सेक्स टोय पूरै बाहिर निकालियो, तब डाक्टरहरुले खुसी मनाए ।

माइकल ज्याक्सनको शुक्रकिट सुरक्षित रहेको खुलासा, नयाँ माइकल ज्याक्सन पैदा गर्न सकिने -

चर्चित पपस्टार माइकल ज्याक्सनको शुक्रकिट विश्वका विभिन्न ३ वटा अस्पतालमा सुरक्षित रहेको खुलासा भएको छ ।

न् २००९ मा आफ्नो मृत्यु हुनुभन्दा अगाडि नै ज्याक्सनले आफ्नो डिएनए सुरक्षित गरेर राखेको र सो डिएनएबाट क्लोनिङ मार्फत आफुजस्तै ठूलो संख्यामा माइकल ज्याक्सन फौज पैदा गर्ने उनको लक्ष्य रहेको रहस्योद्घाटन भएको छ ।

माइकल ज्याक्सनको संग्रहित शुक्रकिटको विषयमा जानकार रहेको एक वैज्ञानिक माइकल लुकम्यानले आफ्नो एक पुस्तकमा यस्तो खुलासा गरेका हुन् । माइकल ज्याक्सनका पहिरन डिजाइनर तथा साथी एन्ड्री भान पायरको माध्यमबाट आफुलाई ज्याक्सनको शुक्रकिट विश्वका विभिन्न ३ वटा अस्पतालमा संग्रहित रहेको थाहा भएको उनको दाबी छ ।

माइकल ज्याक्सनको क्लोनिङ प्रयोग तथा शुक्रकिट डिपोजिटका बारेमा पनामाको एक दीर्घायु केन्द्रका निकटवर्तीबाट सुरुमा उनले थाहा पाएका थिए । डली भेटामा क्लोनिङ सफल भएपनि माइकल ज्याक्सनमा पनि आफ्नो क्लोनिङ गरेर नयाँ माइकल ज्याक्सन पैदा गर्ने इच्छा पलाएको दाबी गरिएको छ ।

लेखकका अनुसार माइकल ज्याक्सनको शुक्रकिट उनका परिवारले हालै अमेरिकाको लस एन्जल्सस्थित फर्टिलिटी क्लिनिकबाट बेलायतमा सारेका छन् ।

आफ्नो नयाँ पुस्तक ‘दी ब्याटल फर माइकल ज्याक्सन सोल’ नामक पुस्तकमा माइकल ज्याक्सनको विर्यको संग्रह र उनको डिएनए क्लोनिङका विषयमा खुलासा गरिएको छ ।

उनले माइकल ज्याक्सनको संग्रहित शुक्रकिटबाट अब नयाँ माइकल ज्याक्सन पैदा गर्ने समय आएको पनि दाबी गरेका छन् ।
स्मरण रहोस्, ज्याक्सनका ३ सन्तान छन् । जसमध्ये दुइ सन्तानकी आमा डेबी रोवे हुन् भने अर्को सन्तान ज्याक्सनले भाडाकी आमाबाट जन्माएका हुन् ।

अब पैसा कमाउन ठुलो काम गरि रहनु नपर्ने, लामखुट्टे पकड्नु होस् पैसै पैसा !!!

सरकारले आतंककारी घोषणा गरेका मानिसहरुको टाउकाको मूल्य तोकेको कुरा त हामीले सुनेकै हौँ । तर के तपाइँले कुनै सरकारले लामखुट्टेको टाउकाको मूल्य तोकेको कुरा सुन्नु भएको छ ? छैन होला । तर ताइवान सरकारले भने कसैले नसुनेको तथा नगरेको यस्तै काम गरेको छ ।

ताइवानको दक्षिणी सहर काओसिउङको स्वास्थ्य विभागले लामखुट्टे पक्रिने प्रतियोगिता आयोजना गर्दै पुरस्कारको समेत घोषणा गरेको छ ।

लामखुट्टेका कारण हुने डेंगु रोगले नराम्ररी प्रभावित उक्त सहरमा दैनिक २ सय जना डेंगुका नयाँ रोगी फेला पर्ने गरेका छन् । त्यसकारण डेंगु फैलाउने लामखुट्टे निर्मूल पार्न नगर सरकारले लामखुट्टे मार्ने वा पक्रिने प्रतियोगिता नै आयोजना गर्यो ।

यस अन्तरगत सहरका बासिन्दालाई बढि भन्दा बढि लामखुट्टे मार्न वा पक्रिन आग्रह गरिएको छ । लामखुट्टेलाई जिउँदै पक्रिएर वा मारेर जम्मा गर्नुपर्नेछ र सरकारी अधिकारीलाई बुझाउनुपर्नेछ । सरकारी अधिकारीहरुले हरेक व्यक्तिले मारेर वा पक्रेर बुझाएका लामखुट्टेको संख्या गन्नेछन् । सबैभन्दा बढि लामखुट्टे मारेर वा जिउँदै पक्रेर बुझाउनेलाई विजेता घोषित गरिनेछ । विजेतालाई १ सय अमेरिकी डलर पुरस्कार दिइने ताइबानी अनलाइनले जनाएको छ । ।

लामखुट्टे समाउने प्रतियोगिताका टप टेन भित्र पर्नेलाई झुल तथा लामखुट्टे भगाउने रिपेलेन्ट पुरस्कारको रुपमा दिइनेछ । सहरबासीले शनिवार तोकिएको स्थानमा आफुले पक्रेका वा मारेका लामखुट्टे लगेर बुझाएपछि त्यस्ता लामखुट्टेको गणना गरी विजेताको घोषणा गरिने बताइएको छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID