Sunday, 26 October 2014

फेसबुकमा लभ परेर होटल बोलाइएकी युवती आफ्नी बुहारी

आजकल सामाजिक सञ्जाल लभ अफेयर चलाउने गतिलो साधन भएको छ । कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ ।

तर, चीनमा एउटा यस्तो घटना भएको छ, अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुराबुहारी पो परेछन् । एकआपसमा भेट्दा यी दुबै जना लाजले पानी पानी मात्रै हुनु परेन्, बाबुले छोराको कुटाइसमेत खानुपरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
घटना चीनको हेलोगजियांग प्रान्तको हो । यी ससुरा र बुहारी दुबैले आफ्ना पति पत्निलाई झुक्काएर च्याट गर्थे ।
दुवै जनाले आफ्नो नाम र फोटो समेत बदलेका थिए । अनजानवश च्याटमा भएको भेट र कुराकानी माया प्रेममा परिणत हुन थाल्यो ।
यसो त ५७ बर्षीया वांगलाई अनलाइनमा साथी बनाउने र च्याट गर्ने लत नै थियो । वांग आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाँटथे, श्रीमतीको मृत्यु भइसकेकाले आफू एक्लै भएको ती महिलालाई बताउथें ।

बुहारी लिली पनि के कम ? उनी आफ्नो श्रीमान जेलमा रहेकाले छोरासँग मात्रै बस्दै आएको बताउँदै आएकी थिइन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । पछि फोटो पठाउने कुरा भयो । अनि दुबै जनाले आफ्ना साथीका राम्रा फोटो पठाइदिए । फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे । लिली र वांगबीच होटेलमा भेट्ने तय भएकै दिन लिलीका श्रीमान यात्राबाट घर पर्किए । उनले च्याटबारे सबै जानकारी पाएपछि दुबैलाई रंगेहात समात्न होटलतिर लागे । लिली जब होटेलमा गएर कोठा ढकढकाईन् त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा पो परेछन् । पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासुबुहारीलाई केरकार गरिरहेको छ ।

अमेरिकी विदेश मन्त्रीले पनि मनाए दीपावली

एजेन्सी, वासिङ्टन : अमेरिकी विदेशमन्त्री जोन केरीले पनि अमेरिकामा हिन्दूहरुको महान चाड दिपावली मनाएका छन् ।

उनले बिहीबार अमेरिकी विदेश मन्त्रालयमा दिपावली गरेर हिन्दूहरुको चाड दिपावली मनाउनुभएको समाचारमा जनाइएको छ ।

उज्यालोको चाड दिपावली भारतका हिन्दु नागरिकले गत तीन दिनदेखि मनाइरहेका छन् । यो चाड अमेरिकी विदेशमन्त्रीले पनि विदेश मन्त्रालयमा बिहीबार मनाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन् ।

दर्जनौँ मैनबत्तीको उज्यालोमा सजिएको विदेश मन्त्रालयको बेन्जामिन फ्र्याङ्कलिन हलमा विदेशमन्त्री केरीले भन्नुभयो– दिपावली उज्यालोको चाड हो र यसले मानवमात्रलाई उज्यालो जीवनका लागि प्रेरित गर्ने गर्दछ ।

दिपावलीको उज्यालोले अध्यारोलाई विस्थापित गरेजस्तै मानवको अन्तरमनमा रहेको उज्यालोले पनि अध्यारोलाई विस्थापित गर्नसक्ने धारणा उनले बताए ।

मानिसको दिमाग र उत्साहलाई पुनर्ताजगी गर्ने काम यस दिपावलीको उज्यालोले गर्नसक्छ भन्दै उहाँले अगाडि भने– दिपावलीको उज्यालोजस्तै हामी मानवमा पनि एक मानव अर्काेका लागि कसरी उज्यालो बन्न सक्छौँ भनेर सोच्नुपर्छ ।

विश्वमा यतिखेर पनि हिंसा र द्वन्द्व विद्यमान नै छ भन्दै तर त्यो हिंसाको अन्त्यका लागि कसरी दिपावलीको उज्यालोजस्तै प्रकास छर्नसक्छौं भनेर सबैलाई सोच्न पनि उहाँले आग्रह गरे ।

जसरी अध्यारोले अध्यारो हटाउन सक्दैन र त्यहाँ उज्यालोको आवश्यकता पर्दछ त्यसैगरी घृणाले पनि घृणा हटाउन सक्दैन त्यहाँ माया र प्रेम चाहिन्छ भन्ने मार्टिन लुथर किङको भनाईलाई उनले सो अवसरमा उद्धृत गरे ।

उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि एक भिडियो सन्देश पठाउदै उज्यालोको यस पर्वले सबैमा उज्यालो छर्न सकोस भनी कामना गरे ।

भतिजसँग अनैतिक सम्बन्ध राख्दा काकीको ज्यान गयो

कार्तिक ९- सिरहा  – आफ्नै काकीको हत्या गरेको अभियोगमा पक्राउ परेका भतिजालाई आइतबार पत्रकार सम्मेलन गरी मिर्चैया प्रहरीले सार्बजनिक गरेको छ । आसोपुर बल्कवा ९ स्थित सहिदुल खानको उखुवारीमा स्थानिय अरुण सदाको ३५ बर्षीय श्रीमती गीतादेवी सदालाई हत्या गरेको अभियोगमा परेका युवकलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा आसोपुर बल्कवा ९ बस्ने देवु सदाका २६ बर्षीय छोरा राम उद्गार सदा रहेका छन् ।

उनले आफ्नै काकी गितादेवीलाई असोज २९ गते बेलुकी उखुबारीमा लगी गरी घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई रहेको छ । हत्या पछि राम उदगार सोही दिन विदेश जाने भन्दै काठमाडौ भागेका थिए । गोप्य सुचनाको अधारमा प्रहरीलाई निजलाई काठमाडौंबाट घर फर्कने क्रममा कार्तिक ७ गते पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाले जानकारी दिए । पक्राउ परेका राम उदगार अनुसन्धानको क्रममा आफु गीतादेबीलाई गरेको स्वीकारेको प्रहरीले जना   एको छ ।

अरुण विदेशमा रहेको समय काकी गितादेवी र भतिज राम उद्गार बीच अनैतिक सम्बन्ध रहेकोले अरुण बिदेशबाट घर आएपछि आफुहरुको अनैतिक सम्बन्ध कायम रहेको सम्बन्धमा थाहा हुने डरले राम उदगार गीताको फकाई उखुवारीमा लगी शारीरिक सम्पर्क गरी त्यसपश्चात घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई रहेको छ । पक्राउ परेका राम उदगारमाथि मुलुकी ऐन ज्यान सम्बन्धी महलको कत्र्तब्यपछि हत्या गरेको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान तथा कार्वाही अगाडी बढाईएको निरिक्षक खतिबडाले जानकारी दिए ।
फ्नै काकी गितादेवीलाई असोज २९ गते बेलुकी उखुबारीमा लगी गरी घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई रहेको छ । हत्या पछि राम उदगार सोही दिन विदेश जाने भन्दै काठमाडौ भागेका थिए । गोप्य सुचनाको अधारमा प्रहरीलाई निजलाई काठमाडौंबाट घर फर्कने क्रममा कार्तिक ७ गते पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाले जानकारी दिए । पक्राउ परेका राम उदगार अनुसन्धानको क्रममा आफु गीतादेबीलाई गरेको स्वीकारेको प्रहरीले जना   एको छ ।

ह्याप्पी न्यू इयरले पहिलै दिन सबै रेकर्ड तोड्यो.....!

मुम्बइ– शाहरुख खानको ब्लाकबस्टर फिल्म ह्याप्पी न्यू इयरले पहिलो दिन नै बक्स अफिसका सबै रेकर्ड तोडिदिएको छ। फिल्मले पहिलो दिन ४४ करोड ९७ लाख भारतीय रुपैयाँको कमाइ गर्दै आमिर खानको धुम३ लाई पछि पारेको हो। यो दौडमा सलमान खानको किक निकै पछि परेको छ।

ट्रे एनलिष्ट तरण आदर्शनले यो जानकारी गराएका हुन्। उनले ट्विटरमा लेखेका छन् ह्याप्पी न्यु इयरले पहिलो दिन ४४.९७ करोड रुपैयाँ कमाएको छ। फिल्मले हिन्दीमा ४२.६२ करोड, तेलगूमा १.४३ करोड तथा तमिलमा ९२ लाख रुपैयाँ कमाइ गरेको हो।

शाहरुख तथा दीपिका पादुकोणको जोडीले यसअघि चेन्नाइ एक्सप्रेसमा सफल भएको थियो। यो जोडीलाई दर्शकले फेरि एक पटक रुचाएका छन्। दिपावलीको अघिल्लो दिन रिलिज भएको फिल्मको प्रमोसन अन्तरार्ष्ट्रिय रुपमा गरिएको थियो। ग्रान्ड प्रिमियर दुबइमा गरिएको ह्याप्पी न्यू इयरले बलिउडमै सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्छ वा बन्दैन भन्ने सवाल उठेको छ।

को कति झुठो बोल्छ जब दुवैको सहमतिमा यौन सम्पर्क हुन्छ ! थाहा पाई राखौ !!

ताजा अध्ययनका अनुसार २५.४ प्रतिशत पुरुष अन्तरंग क्षणमा प्रेमको झुठो अभिव्यक्ति दिने गर्दछन् । जबकि ६.१ प्रतिशत महिलाहरु मात्र यो कुराको जानकारी राख्दछन् । दि सण्डे टेलिग्राफले गराएको सर्वेमा अरु पनि कयौ विचित्रका तथ्य सार्वजनिक भएको छ।
८.९ प्रतिशत पुरुष र ८.६ प्रतिशत महिलाले कतिपय अवस्थामा जबरजस्ती सेक्स गर्न दबाव दिए पनि पछि माफी मागेको स्वीकार गरेका छन्।
यौन सम्पर्कका क्रममा पुरुषले भन्ने ‘आइ लभ यु’ शब्द झुटमा आधारित हुने एक अध्ययनले देखाएको छ। यो तथ्य हालै गरिएको एक अध्ययनले देखाएको हो ।
सर्वेमा अधिकांश युवाले १७ वर्षकै उमेरमा आफ्नो भर्जिनिटी गुमाउने गरेको तथ्य पनि उजागर गरेको छ। अन्तरंग पलका विषयमा खुलेर कुरा गर्ने मामिलामा पनि पुरुष नै अगाडि रहेको खुलासा अध्ययनले गरेको छ।

महिलाहरु कस्तो खाले सेक्स ज्यादा रुचाउँछन् ? एक अध्ययनले भन्यो मुख मैथुन महिलाको लागि अति मन पर्ने !!

सेक्स मानव जीवनको अपरिहार्य (अनिवार्य) कुरा हो यसमा कसैको दुईमत नहोला । त्यसैले सेक्स विनाको जीवन परिकल्पना गर्न पनि सकिन्न । तरपनि  समयसँगै सेक्सको परिभाषा तथा आयामहरू पनि परिवर्तन अर्थात् आधुनिक हुँदै गइरहेको छ ।

पहिले विवाह अगाडिको सेक्स अपराध नै मानिन्थ्यो भने आजभोलि मन मिलेपछि जुनसुकै बेला सेक्स गर्दा पनि हुन्छ भन्न थालिएको थियो । त्यस्तै पहिले सेक्स भनेको पुरुषको लिंग महिलाको योनीमा पसाएपछि मात्र हुन्छ भन्ने सोच थियो र मानिसले सोही अनुरूप सेक्सको मज्जा लिन्थे तर आजकल सेक्सको आयाम आधुनिक हुँदै गएको छ ।

तर अझ लन्डनमा हालै भएको एक अध्ययनले महिलाहरू त झन् मुखमैथुन गर्न मरिहत्ते गर्ने गरेको निष्कर्ष निकालेको छ । करिब तीन हजार जोडीहरूबीच गरिएको सो अध्ययनमा सहभागी ६३ प्रतिशत महिलाले मुखमैथुन गर्दा चरम आनन्द पाउने बताएका थिए ।
अहिलेका जोडीहरू आफ्नो लिंग र योनीको प्रयोग भिन्न–भिन्नसँग गरेर यौनआनन्द लिन थालेका छन् । जसलाई मुखमैथुन वा ओरल सेक्स भनिन्छ ।

Saturday, 25 October 2014

अस्ट्रेलियामा नेपाली चिकित्सकबाट मृत मुटुको सफल प्रत्यारोपण

(एजेन्सीबाट)- सिड्नी : नेपाली चिकित्सक डा. कुमुद धितालले मृत मुटुको सफल शल्यक्रिया गरेर चिकित्सका क्षेत्रमा ठूलो सफलता हाँसिल गरेका छन् ।

अस्ट्रेलियाली शल्यचिकित्सकहरुसँगको सहकार्यमा डा. धिताले सो सफलता हाँसिल गरेका हुन् । धडकन बन्द भएको एउटा मुटु प्रतिस्थापन गर्ने शल्यक्रियामा चिकित्सकहरुले शुक्रबार  सफलता पाएको खबर इन्डिपेन्डेन्टले छापेको छ । यो सफलताले अङ्ग दान गर्ने विधि परिवर्तन हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

हालसम्म चिकित्सकहरू मस्तिष्क मृत भइसकेको व्यक्तिको शरीरमा रहेको तर धड्कन कायम रहेको मुटुमा भर पर्ने गर्थे । कहिलेकाँही यस्ता मुटुलाई बरफमा राखिन्थ्यो तथा बिरामी भएको स्थानतर्फ लगिन्थ्यो ।

सिड्नीको सेन्ट भिनसेन्ट अस्पताल तथा भिक्टर चाङ कार्डिक रिसर्च इन्स्टिच्युटले २० मिनेट बन्द भएको मुटुमा पुनः धडकन सञ्चालन गर्न सकिने र त्यसलाई बिरामीमा प्रतिस्थापन गर्न सकिने विधि विकास भएको जानकारी दिएको खबर द अस्ट्रेलियन ले पनि प्राथमिकताका साथ छापेको छ । 

यस विधिअनुसार हालसम्म तीन बिरामीमा मुटु प्रतिस्थापन भइसकेको उनीहरू अझै जिउँदो रहेको जानकारी दिइएको खबर डेली मेलले पनि छापेको छ । तेस्रा बिरामी हाल सघन उपचार कक्षमा रहेका छन् ।

सिड्नीको न्यु साउथ वेल्स विश्वविद्यालयका सहप्राध्यापक डा. कुमुद धितालले यस प्रकारको शल्यक्रिया तीनजनामा मात्र गरिएको बताए ।

उनले दाताको मुटुलाई अन्यत्र लैजान सकिने ‘हार्ट इन अ बक्स’ (एउटा बाकसमा मुटु) नामक मेसिनमा संरक्षणका लागि तयार गरिएको घोलमा न्यानोरूपमा राखिने र त्यसलाई अन्यत्र लैजान सकिने बताए ।

उनले हालसम्म तीन भिन्न अस्पतालबाट ल्याइएको मुटु बिरामीमा प्रतिस्थापन गरिएको बताए । यस अवधिमा यी मुटुलाई पाँचदेखि आठ घण्टासम्म धडकन सञ्चालन हुने अवस्थामा राखिएको थियो ।

सेन्ट भिनसेन्टको हार्ट ट्रान्सप्लान्ट युनिटका चिकित्सा निर्देशक पिटर म्याकडोनाल्डले सन् १९६० मा पहिलोपटक मुटुको शल्यक्रिया गर्दा पनि धड्कन चल्न छोडेको मुटुको प्रतिस्थापन भएको हुनसक्ने बताए । यसपछि तीन बालबालिकामा यस प्रकारको शल्यक्रिया गरिएको छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID