Friday, 24 October 2014

फिस्टेल एयरको हेलिकोप्टर डोल्पामा दुर्घटना

फिस्टेल एयरको हेलिकोप्टर डोल्पामा दुर्घटनामा परेको छ । पर्यटकको उद्धार गर्न गएको फिस्टेल एयरको ९ एन ए के ए कल साइन भएको हेलिकोप्ट शुक्रबार दिउँसो दुर्घटनामा परेको हो ।

अवतरण गर्ने टेल रोटर जमीनमा ठोकिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनापछि होलिकोप्टरका पाइलट र सहयोगीलाई सिम्रिक एयरको हेलिकोप्टरले उद्धार गरेर डोल्पा सदरमुकाम दुनैमा ल्याएको छ । दुर्घटनामा पाइलट र सहयोगीलाई सामान्य चोटपटक लागेको बताइएको छ ।

साहरुखको फिल्म हेर्न प्रचण्ड परिवारसहित हलमा

आजबाट २ नेपाली सिनेमासँगै बलिउडका बादशाह साहरुख खानको बहुप्रतिक्षित चलचित्र ‘ह्याप्पी न्यू ईयर’ नेपालमा प्रदर्शनमा आएको छ । सिनेमा सुरू भएकै दिन एमाअाेवादी अध्यक्ष प्रचण्ड हलमा पुगेका छन् ।

भारतमा पनि उच्च ओपनिङ गरेको यो सिनेमा विश्वभर प्रदर्शन शुरू भएको छ । नेपाली दर्शकमाझ सिनेमाको क्रेज उच्च देखिएको छ । यही क्रममा, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साहरुख खानको यो सिनेमा हेर्न हल पुगेका हुन् । काठमाण्डौको बीग सिनेमामा आफ्ना सुरक्षा बलसहित प्रचण्ड सिनेमा हेर्न पुगेका हुन् । उनको साथमा पत्नी सीता र छोरा प्रकाश पनि छन् ।

शुक्रबार दिउँसाे १ बजेको शो हेर्न प्रचण्ड परिवार हलमा पुगेको अनलाइनखबरलाई प्राप्त भएको छ । फराहा खानको निर्देशनमा बनेको यो सिनेमा हेर्न नेपाली हलहरुमा पनि दर्शकको चाप निक्कै राम्रो रहेको वुझिएको छ ।
आजबाट नेपाली २ सिनेमा ‘लज्जा र स्टूपिड मन’ पनि हलमा लागेका छन् ।

डिभिजन थ्रीमा नेपालको पहिलो जित, बर्मूडा ८ विकेटले पराजित

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित भएको नेपालले बर्मूडालाई ८ विकेटले पराजित गरेको छ ।

जितपछि कप्तान पारस खड्काले भनेका छन्-‘बलरहरुले राम्रो प्रदर्शन गरे, व्याट्सम्यानहरुले पनि आफ्नो जिम्मेवारी पूरा गरे ।  हाम्रो टीमको क्षमता भएकै यहि हो । यो प्रदर्शनलाई दोहोर्‍याउनुपर्छ हामीले ।’

सेलोङ्गोर टर्फ क्लबमा बमूर्डाले दिएको १०१ रनको लक्ष्य नेपालले मात्र ११.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । राम्रो सुरुवात गरेको नेपालले २१ रन बनाउँदा पहिलो विकेटका रुपमा नरेश बुढायरलाई गुमाएको थियो ।

तर, नेपालको पारी सुवास खकुरेल र विनोद भण्डारीले सम्हाले । सुवास र विनोदले ५५ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार पारे ।
विनोद ४३ रनमा अविजित रहे । आक्रमक व्याटिङ गरेका विनोदले ३१ बलमा आठ चौका र एक छक्का हाने । सुवास ३० रनमा आउट भए । २२ बलको सामना गरेका उनले चार चौका र एक छक्का हानेका थिए ।

कप्तान पारस खड्का १४ रनमा अविजित रहे । सात बलको सामना गरेका उनले दुई चौका हानेका थिए ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको बर्मूडाले ४०.१ ओभरमा १०० रन जोड्दा सबै विकेट गुमाएको थियो ।

नेपाली बलरहरु हावी भएको खेलमा बर्मूडाका ७ जनाले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि क्रिष्टेनले २८ रन जोडे ।
नेपालका अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौचनले समान २/२ विकेट लिए भने सोमपाल कामी र सागर पुनले १/१ विकेट लिएका छन् । बिनोद म्यान अफ दि म्याच भएका छन् ।

नेपालको अागामी भेट सिंगापुरसँग अाइतबार हुने छ ।

Upcoming Match-
Nepal vs Singapore
nepal vs sinbgapore live match
nepal vs singapore division three match live streaming
singapore vs nepal match division 3 result
live nepal vs singapore

बर्मुडा माथि नेपालको शानदार जित

काठमाडौं, कार्तिक ७ । मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेटले पराजित गरेको छ । १ सय १ रनको लक्ष्य नेपालले ११ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा विनोद भण्डारीले अविजित ४३ रन बनाए । यस्तै, सुवास खकुरेलले ३० रन बनाएको नेपाली इनिङमा कप्तान पारस खड्काले अविजित १४ रनको योगदान दिए ।

यसअघि क्वालालम्पुरको सेलाङ्गोर टर्फ क्लबमा शुक्रबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको बर्मुडाले ४० ओभर १ बलमा अलआउट हुनुपूर्व सय रन मात्रै बनाउन सक्यो । बर्मुडाको लागि क्रिश्चियन बर्गेसले २८ रन तथा ट्रे माण्डर्सले २१ रनको योगदान दिए ।

पहिलो खेलमा नेपाल विहीबार युगान्डासँग २० रनले पराजित भएको थियो । जितसँगै नेपालले प्रतियोगितामा उपाधि दाबेदारी पस्केको छ ।

बलिङतर्फ नेपालका अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौचनले २–२ विकेट लिए ।

६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टिम डिभिजन ‘फोर’मा झर्नेछन् । -

मुस्लिमले भने–‘नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्छ’ -

Muslims maintain that only wants to be a Hindu '-
मुस्लिमले भने–‘नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्छ’ -

बर्दिया, कार्तिक ७ । दीपावलीको अवसरमा राप्रपा नेपालले आयोजना गरेको गाईपूजा कार्यक्रममा मुस्लिमहरुले पनि नेपालमा हिन्दूराष्ट्र कायम गरिनुपर्ने माग गरेका छन् ।

बर्दियाको गुलरियास्थित बंगलामुखी मन्दिरमा नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न सरकारलाई दबाव दिने उद्देश्यले सामूहिक गाईपूजा कार्यक्रम आयोजना गरिएको हो ।

‘नेपाल हिन्दूराष्ट्र भए दीगो धार्मिक सहिष्णुता हुने तथा मुस्लिमलगायतका अल्पधार्मिक समुदायहरु सुरक्षित हुने भएकाले पनि नेपाललाई हिन्दूराज्य कायम गरिनुपर्ने’-स्थानीय मुस्लिम नेता मेराज अहमद मनिहारले बताएका छन् ।  

नन्दिता केसीको छातीमा देखिएको रातो दागले बजारमा तहल्का !

पहिरनको बिषयमा निक्कै सजग हुने नायिका नन्दिता केसी यसपटक भने चर्चामा रहिन् । हालै मात्र हङकङमा सम्पन्न भएको ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा रेड कार्पेटमा देखिएकी नन्दिताको पहिरनको चर्चा भन्दा पनि छातीमा देखिएको रातो डोबको भयो ।

कार्यक्रममा उपस्थित अधिकांशले नन्दिताको रातो डोबको बिषयमा चर्चा गरे । नन्दिताले हजार भन्दा बढी दर्शक उपस्थित भएको कार्यक्रममा किन यस्तो कुरामा ख्याल गरिनन्, उनले नै जान्ने कुरा हो ।

नन्दिताले लगाएको गाउन निक्कै कसिएको थियो । जसका कारण पनि उनले पहिरनमा केही असजिलो महशुश गरिन् । यसमाथि पहिरनको निक्कै कसिलो हुादा पनि उनको छातीमा रातो डोब बस्न गएको हुनसक्छ ।

गसिप बजारमा यस्ता कुराहरुले चर्चा पाउनु स्वभाविक नै हो । आखिर मिडिया र दर्शक भएको स्थानमा एक कलाकारको यस्तो कुराको चर्चा हुनु स्वभाविक नै हो ।

Latest Hollywood Activities and Movie News Headline>

- Key Art Awards: 'Gravity,' 'Lego Movie' Campaigns Win Gold
- DECE's Mitch Singer Cautions Studios About Producing a Lot of 4K; Says HDR Is On The Way
- Meg Ryan, 'Mad Men's Kiernan Shipka Join High School Comedy 'Fan Girl'
- Abu Dhabi Film Festival Kicks Off With Local Production
- Scooter Braun Offers Update on 'Jem and the Holograms' Movie
- Martin Scorsese to Exec Produce Grateful Dead Doc
- AFI Fest: 8 Oscar Hopefuls Will Appear on THR Indie Contenders Roundtable (Exclusive)
- Hear Meryl Streep's Singing Witch in New 'Into The Woods' Short
- DC's CCO on Movie-TV Crossover: "Never Say Never"
- Todd Solondz Plots Sort of Sequel to 'Welcome to the Dollhouse' With Greta Gerwig (Exclusive)
- Throwback Thursday: In 1998, John Cleese Offended Stutterers With 'A Fish Called Wanda'
- Anchor Bay Picks Up Horror Movie 'Muck' (Exclusive)
- IFC to Air Live Broadcast of 2015 Independent Spirit Awards
- 'Avengers' Villain Ultron Is 'A Very Powerful, Smart Child,' Says James Spader
- Gotham Awards: What to Make of the Nominations
- Alibaba's Jack Ma Reportedly Meeting With Hollywood Studios to Buy Online Content

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID