Friday 3 October 2014

दिनमा सयपटक चरमोत्कर्ष आउने पुरुषको दिनचर्या

दिनमा सयपटक चरमोत्कर्ष आउने पुरुषका व्यथा
एक अचम्म को समाचार : यौनमा चरम आनन्द आउनु यौन स्वास्थ्यको एउटा सूचक हो । तर त्यस्तो चरम आनन्द सम्भोग वा मैथुनका बेला आउनुपर्छ । बेला न कुबेला आउने चरमउत्कर्षले मानिसलाई ठूलै समस्यामा पार्छ ।
अमेरिकाका एक पुरुषका लागि आफ्नौ यौन उत्तेजना जिन्दगीमा सबैभन्दा घाँडो मात्र भएको छैन जिउँदै मरेतुल्य बनाइदिएको छ । ३७ वर्षे डेल डेकरलाई हरेक दिन कम्तिमा पनि १ सय पटक चरमउत्कर्ष प्राप्त हुन्छ ।

उनलाई यस्तो समस्या उत्पन्न भएको दुइ वर्ष भैसक्यो । पर्सिस्टेन्ट जेनिटल एरोउजल सिन्ड्रोम नामको रोगका कारण उनलाई यस्तो भएको हो । 
कुर्सीबाट उठ्ने क्रममा चिप्लिएर लडेपछि उनलाई यस्तो समस्या देखिएको थियो ।

उनलाई आफ्ना बुवाको अन्तिम संस्कार बेला समेत यौन उत्तेजना शत्रु बन्यो । बुवाको लासलाई सदगदका लागि लैजान लाग्दा उनलाई चरम उत्कर्ष पैदा भयो । उनी मलामीलाई विदा गरेर घरमै बस्न बाध्य भए र उनलाई लगातार नौ पटक चरम उत्कर्ष प्राप्त भयो ।

‘बुवालाई विदा गरेर नौ पटक चरम उत्कर्ष भोग्नु’ उनी भन्छन्, ‘सम्झनुस् त आफ्नो परिवार सँगै रहेको बेलामा यस्तो हुँदा कस्तो होला ? साँच्चीकै अब जिन्दगीभर यौन उत्तेजना नहोस् भन्ने लाग्छ ।’
यौन उत्तेजना भन्ने विषय सामान्यतया आनन्ददायी भएपनि आफ्नो लागि चरमआनन्द पीडाको विषय बनेको उनी बताउँछन् ।

यस्तो लाजमर्दो समस्याका कारण उनी आजकल घरभित्रै बन्दी जस्तो भएका छन् । बाहिर हिडिरहेको बेला चरमोत्कर्ष पैदा भयो भने त्यसले लाजमर्दो हुने र रमितेले गिज्याउने डर उनमा छ ।

डेलकी श्रीमती एपि्रल तथा दुइजना छोरा छन् । ३३ वर्षकी एपि्रलले सबै कुराका लागि सघाउन पर्छ डेललाई । श्रीमानको त्यो अवस्थाका कारण उनलाई परिवार धान्नै गाह्रो भएको छ ।

डेलको लिंग प्राय उत्तेजित भैरहेकै हुन्छ । तर उनकी श्रीमतीसँग विरलै मात्र सम्भोग हुन्छ । श्रीमती भन्छिन्, ‘हामीले श्रीमान श्रीमतीबीच हुने कार्य गर्नुभन्दा जुन चिजले दुबैलाई असर गर्दैन सोही चिजमा सम्झौता गर्न थालेका छौँ ।’

भारतको विषेश अदालतबाट भ्रष्टाचारी ठहर भएकी जयललिता कुनै समय अभिनेतृ थिइन । यति मात्र होइन स्कर्ट लाउने पहिलो तमिल हिरोइन थिइन जयललिता

स्कर्ट लाउने पहिलो तमिल हिरोइन थिइन जयललिता
मुम्बई । भारतको विषेश अदालतबाट भ्रष्टाचारी ठहर भएकी जयललिता कुनै समय अभिनेतृ थिइन ।

उनको पहिचान छोटो स्कर्ट लाउने पहिलो तमिल हिरोइनका रुपमा स्थापित भएको विभिन्न एजेन्सीले उल्लेख गरेका छन् ।

पहिलो पटक सन् १९६४ मा कन्नड भाषामा बनेको ‘चिनान्दा गोम्बे’ मा काम गरेकी थिइन् जयललिताले । त्यसपछि ‘भिनारा आदी’ मा काम गरेकी उनले तमिल फिल्ममा आफ्नो अभिनयको जादु देखाउन थालिन् ।


१५ वर्षकै उमेरमा पहिलो फिल्म खेलेकी थिईन् उनले । ‘आमाको प्रेरणाले फिल्ममा प्रवेश गरेकी जयललिता यस्ती हिरोइन् हुन् जसले तमिल समाजमा स्कटमा प्रस्तुत हुने हिम्मत गरिन् ।’ समाचारमा उल्लेख गरिएको छ ।

दक्षिण भारतीय चलचित्र उद्योगमा एक समय पकड जमाएकी जयललिताले १३० फिल्ममा काम गरेकी छिन् । तीन पटक सर्वोत्कृष्ट हिरोइनका लागि ‘फिल्म फेयर अवार्ड’ पाएकी उनी  सन् १९७७ मा राजनीतिमा प्रवेश गरेकी थिइन् ।

बलिउडमा हलचल मच्चाउने तयारीमा पोर्नस्टार शान्ति (फोटोफिचरसहित)

बलिउडमा हलचल मच्चाउने तयारीमा पोर्नस्टार शान्ति (फोटोफिचरसहित)
पूर्व पोर्नस्टार शान्ति डाइनामाइटको बलिउड प्रवेशमा सपना पूरा हुँदैछ । उनी चलचित्र ‘आई लभ दुबई’ मार्फत बलिउड प्रवेश गर्न लागेकी हुन् ।
आइ लभ दुबईमा शान्ति डाइनामाइटका साथ एजाज खान पनि काम गरिरहेका छन् । आई लभ दुबई एक्सन थ्रिलर कमेडी फिल्म हो । प्लेब्वाई गर्ल शान्ति डाइनामाइट हट पोज दिएर पुनः एक पटक हलचल मच्चाउने तयारीमा छिन् ।
ब्रिटिश पोर्नस्टार शान्ति डाइनामाइटले मुम्बईमा हालै मुम्बईमा निकै सेक्सी पोज दिएकी छन् । प्लेब्वाई पत्रिकाकी मोडल शान्ति डाइनामाइटले पूर्व पोर्नस्टार सनी लियोन आफ्नो नयाँ गीत ‘बेबी डल’ को पोस्टरमा आफ्नो नक्कल गरेको आरोप लगाएकी छन् । यसबाट आफू तनावमा रहेको बताएकी छन् ।
बेलायत निवासी शान्ति मूल रुपमा भारतीय–युनानी आमाबाबुका सन्तान हुन् ।

वादी महिलाद्वारा छुट्न सकेन यौन व्यापार! एक भिडिओ रिपोर्ट


Plaintiff Mahiladwara Cutn Sken sex trade! A Show Video Report.
धनगढी: आयआर्जन गर्ने कुनै अवसर नपाएपछि कैलाली जिल्लाका वादी समुदायका कतिपय महिला भारतका सहरमा गएर देह व्यापारमा लाग्न थालेका छन् । वादी समुदायका महिलाले जीविकोपार्जनका लागि बाध्यत्मक रुपमा यौन पेसा गर्दै आएकोमा सरकारले विसं २०६५ मा यो समुदायले यौन पेसा गर्न नपाउने भन्दै त्यसको अन्त्यको घोषणा गरेको थियो ।

गाँस, बास र कपासको उचित व्यवस्था गर्न माग गर्दै काठमाडौँमा वादीद्वारा गरिएको आन्दोलनको फलस्वरुप सरकारले यौन पेसाको अन्त्यको घोषणासहित उनीहरूको पुनःस्थापना गर्ने प्रतिबद्धता गरेको थियो । यौन पेसाको अन्त्यको घोषणा गरिएको भए पनि उनीहरूको उचित पुनःस्थापनाको व्यवस्था हुन नसक्दा अहिले कतिपयले विभिन्न बहानामा भारतमा गई देह व्यापार गर्ने गरेको पाइएको वादी समुदायका अगुवा बताउँछन् ।

जग्गा खोजेर वादीलाई पुनःस्थापना गराउने अधिकार सरकारले विकास समितिलाई नदिएको कारण अधिकांश वादीको उचित पुनःस्थापना हुन सकेको छैन । फलस्वरुप उनीहरू अझै पनि बाध्यत्मक यौन पेसामा लागेको देखिएको उनको भनाइ छ । उपचार गराउने बहानमा वादीका युवती तथा महिलालाई उनीहरूका आफन्तले भारतमा लगेर देह व्यापार गराई धन कमाउन लगाउने गरेको बताइएको छ ।

यो समुदायका युवती तथा महिलालाई उनीहरूकै आफन्तले भारतमा लगेर देह व्यापारमा लगाउँछन्, वादी समुदाय उत्थान विकास समितिका निर्देशक शिविराज रानाभाडले भने “यौन पेसाको अन्त्यको घोषणापछि प्रभावकारी रुपमा वादीको पुनःस्थापनालगायतको व्यवस्था हुन नसक्दा कतिपय वादी युवती तथा महिला भारतमा गएर देह व्यापारमा लाग्न बाध्य भएका हुन् ।”

 “नम्बरी जग्गा भएकालाई जनही रु १५ हजारसहित बस्नको लागि घरसमेत निर्माण गरिदियो, नेपालीले भने – तर जग्गा नभएकाको पुनःस्थापना हुन नसक्दा उनीहरूमध्ये कतिपय भारत पलायन भएर देह व्यापारमा लाग्न बाध्य भएका छन् ।”  भारत गएर देह व्यापार गर्न बाध्य हुनेमा १३ वर्षदेखि ४० वर्ष उमेरका युवती र महिला रहेका बताइएको छ । कैलाली जिल्लाबाट मात्रै झन्डै २८ जना युवती तथा महिला देह व्यापारका लागि भारत पलायन भएको जनाइएको छ । 

समाजमा घृणित पेसाका रुपमा लिइने यौन पेसाको अन्त्यको घोषणा गरिएपछि समाजमा केही हदसम्म यो पेसामा कमी आएको देखिए पनि लुकिछिपी रुपमा अझै पनि कतियले यो पेसा अपनाएर जीविका चलाउँदै आएका छन् । यौन पेसा अन्त्यको घोषणसँगै “पहुँचवाला र टाठाबाठाले अवसार पाएको तर पहुँचमा पुग्न नसक्नेको अवस्था ज्यूँका त्यूँ रहेको देखिएकाले वादी समुदायका समस्या अपेक्षाकृतरुपमा समाधान हुन नसकेको समितिका सदस्य अर्जुन नेपाली वादीले बताए ।

अल्पसङ्ख्यक र सीमान्तकृत वादी समुदायको जनसङ्ख्या नेपालमा ३८ हजार ६०३ रहेकोमा कैलाली जिल्लामा मात्रै झन्डै दुई हजार ८०० रहेको बताइएको छ । जिल्लाको मुढा, सत्ती, दिव्यपुर, विष्नुकान्तिपुर, भल्का, गिदनियामा यो समुदायको बसोबास रहको छ ।


नाचगान गरेर राजा रजौटालाई मनोरञ्जन प्रदान गर्ने, मादल बनाउने, माछा मार्ने यो समुदायको मुख्य पेसा रहेको भए पनि विस्तारै समाजका सभ्रान्त एवम् हुने खाने परिवारका व्यक्तिले गर्ने गरेको शोषणको फलस्वरुप यी समुदायका महिला बाध्यत्मक यौन पेसामा लागेको वादी समुदाय उत्थान विकास समितिका कार्यकारी निर्देशक रानाभाँड बताउछन् ।  नेपालको कैलालीसमेत दाङ, रुकुम, डोटी, कालिकोट, दार्चुला, कास्कीलगायतका जिल्लामा यो समुदायको बसोबास रहेको छ ।

वादी समुदाय उत्थान विकास समितिले यो समुदायका व्यक्तिका लागि विभिन्न सीपमूलक एवम् स्वरोजगारमूलक तालिम सञ्चालन गरिरहेको छ । यसबाहेका सरकारले घर आवास कार्यक्रम पनि सञ्चालन गरेको छ । नेपालमा बाइसे र चौबिसे राज्य भएको समयमा राजा रजौटाले नाचगान गरेर मनोरञ्जन गर्ने गाराउने उद्देश्यले भारतको बैशाली राज्यबाट वादी समुदायका व्यक्तिलाई नेपालमा भित्र्याएको बताइन्छ ।

पाकिस्तानमा भएको हवाई आक्रमणमा १५ लडाकूको मृत्यु कयौ घाईते !

इस्लामाबाद:  अफगानिस्तानसँगको सीमामा अवस्थित पाकिस्तानको तनावग्रस्त आदिवासी जिल्लामा हवाई आक्रमणमा १५ विद्रोहीको मृत्यु भएको जानकारी सेनाले दिएको छ। यस क्षेत्रमा सेना इस्लामी समूहसँग एक दशकभन्दा बढी संङ्घर्षरत रहेको बताइएको छ।

शुक्रबार बिहान प्रभावकारी र सही हवाई आक्रमणमा आतङकवादी लुकेर बस्ने तीन स्थान नष्ट गरिएको र १५ आतङवादीको मृत्युभएको सेनाले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ। यहाँ तालिवान तथा अन्य प्रतिबन्धित लडाकू समूह लस्कर-ए-इस्लामले शरण लिने गरेको बताइएको छ।

अफगानिस्तानमा अमेरिकी नेतृत्वमा आक्रमण भएपछि अल-कायदाका लडाकूहरू पाकिस्तानतर्फ पलायन भई अर्धस्वायत्त क्षेत्रमा बसोबास गरेको र पाकिस्तानी सेनाले सन् २००४ देखि उनीहरूसँग सङ्घर्ष गरिरहेको जानकारी दिइएको छ।

कराची विमानस्थलमा रक्तपातपूर्ण आक्रमण भएपछि तथा विद्रोहीसँग यसै वर्षको आरम्भदेखि सुरु भएको शान्ति वार्ता टुटेपछि जुन महिनादेखि पाकिस्तानी सेनाले उत्तरी वजिरिस्तान जिल्लामा आतङ्कवादीमाथि कारवाही आरम्भ गरेको छ। उत्तरी वजिरिस्तान तेहरिक-ए-तालिवान पाकिस्तान (पाकिस्तानी तालिवान) को प्रमुख स्थल हो र उनीहरूले सन् २००७ मा सरकारविरुद्ध विद्रोह आरम्भ गरेका थिए।
यी लडाकूले अफगानिस्तानमा नेटोको सेनामाथि आक्रमण गरिरहेकाले अमेरिकाले यी समूहमाथि कारवाही गर्न निकै अगाडिदेखि आग्रह गरिरहेको थियो। यो कारवाही आरम्भ भएपछि एक हजारभन्दा बढी लडाकूको मृत्यु भएको र ८६ सैनिकले ज्यान गुमाएको पाकिस्तानी सेनाले जानकारी दिएको छ।
द्वन्द्वग्रस्त क्षेत्रमा पत्रकारलाई नियमित रूपमा पहुँच नदिइने भएकाले त्यस क्षेत्रमा भएका मृत्युका बारेमा स्वतन्त्ररूपमा पुष्टि भएको छैन। आलोचकहरूले त्यहाँ मारिएका धेरै व्यक्ति लडाकू नभएको बताएका छन्।

International Master and Doctoral Student Awards from University of Waterloo, Canada

The University of Waterloo, located at the heart of Canada’s technology hub, has become a leading comprehensive university with 35,100 full and part-time students in undergraduate and graduate programs. Consistently ranked Canada’s most innovative university, Waterloo is home to advanced research and teaching in science and engineering, health, environment, arts and social sciences. From quantum computing and nanotechnology to clinical psychology and health sciences research, Waterloo brings ideas and brilliant minds together, inspiring innovations with real impact today and in the future.

University of Waterloo offers Master's and Doctoral Student Awards to international students.
International Master's and Doctoral Student Awards (IMSA / IDSA / IDSA4)
Basic eligibility requirements
Eligible students must be enrolled full-time in research-based graduate degree programs at the University of Waterloo and hold a valid Canadian study permit. Students must meet the academic progress requirements of their program, and not have outstanding probationary admission requirements, or be concurrently receiving external awards or sponsorships.

Master’s students
International graduate students registered full-time in a MA, MASC, MES, MFA,MMATH OR MSC degree program will receive an IMSA valued at $1,755 per term (the value is approximate to one-half of the differential fee per term) for 2 years (up to term 6.0).

Doctoral students
International graduate students registered full-time in a research-based PhD program will receive an IDSA valued at $3,510 per term (the value is approximate to the full differential fee per term) for 3 years (up to term 9.0).

Doctoral year 4 support (admitted from a master's degree)

International graduate students registered full-time in a research-based PhD program and who were admitted from a master's degree will receive an International Doctoral Student Award Year 4 (IDSA4) valued at $3,510 per term (the value is approximate to the full differential fee per term) for year 4 (terms 10 to 12) and will be funded as follows:

> 2/3 from University/Faculty (1/3 from each) totalling $2,340 per term as an award (IDSA4)
> 1/3 from the supervisor/department in the amount of $1,170 per term as an award (example, as GRS, UW scholarship, etc.)


It is important to visit official website (link found below) for detailed information on how to apply for this scholarship.

Official Scholarship Website link below:

International Masters and Doctoral Student Awards from University of Waterloo, Canada

ज्ञानविज्ञानका बारेमा केहि रोचक जानकारी !

Some INteresting facts about Science and Tech
घाँटीमा बाँध्ने टाइको प्रचलन
प्राचीन कालमा युरोपमा लडाई लड†नका लागि भाडामा समेत सिपाहीहरु पाइन्थे । कतिपय स्थितिमा त्यस्ता भाडाका सिपाहीहरुलाई आफ†नो सिपाहीबाट अलग्गै चिनाउनु पर्ने अवस्था आइपथ्र्यो । त्यसै सिलसिलामा १७ औं शताब्दीमा फ्रान्सका राजा लुई चौधौंले एउटा नयाँ उपाय सोचे– भाँडाका सिपाहीहरुको गलामा चिन्हस्वरुप कपडा बाँधिदिने । उनले आफ†नो त्यो सोचाइलाई कार्यान्वयन गरे । यसरी, सबैभन्दा पहिले टाईको प्रचलन गराउने व्यक्तिका रुपमा फ्रेन्च राजा लुई चौधौं देखा परे ।

पछि फ्रेन्च क्रान्ति सम्पन्न भएपछि त्यो प्रचलन हराएर गयो । फेरि १९ औं शताब्दीमा पुरुषहरुले नेक टाई लगाउने प्रचलन शुरु भयो ।
पानी तताउँदा स्वाद किन फेरिन्छ ?
वर्षायाममा कतिपय घारा तथा पानीका अन्य स्रोतहरुबाट आउने पानी स्वास्थ्यको दृष्टिले पिउनयोग्य हुँदैनन† । त्यसैले पानी उमालेर मात्र पिउनुपर्छ भनी स्वास्थ्यकर्मीहरुले सल्लाह दिने गर्छन† ।
तर तपाईं हामीमध्ये कतिपयलाई तताएको पानी स्वादिलो लाग्दैन । किनभने, चिसोपानीमा जुन मिठास हुन्छ, त्यो स्वाद पानी तताएपछि बदलिन्छ ।
आखिर यस्तो हुन्छ कसरी ?
चिसोपानीमा हावा घुलेको हुन्छ र त्यही हावाको कारण पानीमा एक किसिमको मिठास वा स्वाद हुन्छ । तर जब पानीलाई तताइन्छ या उमालिन्छ, त्यसबेला पानीमा घुलिएर रहेको हावा बाहिर निक्लिएर जान्छ । त्यसैको परिणामस्वरुप, पानीलाई तताएपछि त्यसको स्वाद बद†लिएको अनुभूति हामीलाई हुन्छ ।

त्यसैगरी, पानीमा विभिन्न खनिज, लवण तथा रसायनहरु हुन्छन† । पानीलाई तताएपछि ती पदार्थहरुमा पनि परिवर्तन आउँछ । त्यही कारण पनि पानी तताउँदा त्यसको स्वाद फेरिएको हामीले महसूस गर्छौं ।

समुद्रमाथि कसको अधिकार हुन्छ ?
खुला समुद्रमाथि कसैको पनि अधिकार हुँदैन र कसैले पनि खुला समुद्रमाथि आफ†नो स्वामित्वको दावा गर्न पाउँदैन ।

कुनै पनि देशको तटरेखाबाट २२ किलोमिटर दूरीभित्रसम्मको समुद्रलाई त्यस देशको क्षेत्रीय समुद्र (टेरिटोरियल वाटर) मानिन्छ र त्यस रेखाबाट ३७० किलोमिटर दूरीभित्रसम्मको समुद्री क्षेत्रलाई त्यस देशको अनन्य आर्थिक क्षेत्र (एक्सक्लूसिभ इकोनोमिक जोन) मानिन्छ । यति क्षेत्रभित्रको समुद्रको संशाधनहरुको उपयोग गर्न तथा त्यसमा शोधकार्य गर्नका लागि त्यही देशलाई मात्र अधिकार हुन्छ । अर्थात† त्यति क्षेत्रभित्रको समुद्रमा चाहिँ सम्बन्धित देशको अधिकार लाग्छ । त्यसबाहेकको समुद्रमा चाहिँ कसैको पनि अधिकार लाग्दैन ।

पानीले भिज्दा छाला किन चाउरिन्छ ?
हात त धुँदा पनि भिज्छ, नुहाउँदा पनि भिज्छ । तर ती दुई कार्यमा हात भिजाइको रुप भने फरक देखिन्छ । अलि लामो समय लगाएर नुहाउँदा हातको छाला चाउरिएको देखिन्छ । सामान्य रुपमा हात धुँदा भने त्यस्तो रुप देखिँदैन । यस्तो किन हुन्छ होला ?

हाम्रो शरीरमा छालाले तन्किने ९भबिकतष्अ० एक चीज बनाएको हुन्छ । त्यसले शरीरमा सुरक्षा–कवचको काम गर्दछ । त्यस सुरक्षा–कवचमा तीनवटा तहहरु हुन्छन†– मृत कोषहरुको माथिल्लो तह, मध्यम तह जो जीवित कोषहरुको हुन्छ र तल्लो तह जो मांसपेशी र बोसोसँग सम्बन्धित हुन्छ ।
साधारणतया मृत कोषहरुको माथिल्लो तहले छालामा पानी नछिर्ने प्रभावशाली छेकेबारको काम गर्छ । तर लामो समयसम्म निरन्तर रुपमा पानीमा डुब्दा त्यो तहमा रहेका मृत एवं सुक्खा कोषहरुले पानी सोस्दछन† र तिनीहरु फुल्दछन† । यसले गर्दा छाला चाउरिन पुग्छ । तर सुकेपछि छाला पुनः चाउरिन छोड†छ ।

चार सय डलरमा बेचिएको आविष्कार !
सेप्टीपीन आधुनिक जीवनको अनिवार्य हिस्सा जस्तै बनिसकेको छ । तर तपाईंलाई थाहा छ– यस्तो उपयोगी बस्तुको आविष्कार कसले गरेका थिए भन्ने कुरा ?

आधुनिक सेप्टीपीनको आविष्कार आजभन्दा १५२ वर्ष पहिले भएको थियो । यसका आविष्कारक थिए– वाल्टर हन्ट नामक व्यक्ति ।
रोचक त के छ भने, उनले आफ†नो यो आविष्कारलाई त्यसबेला ४०० डलरमा बेचेका थिए ।



गर्मीमा पानी परेपछि माटो किन गन्हाउँछ ?
गर्मी महिनामा घामले माटो कक्रक्क सुकेको हुन्छ । त्यस्तो बेलामा पानी परेपछि माटो गन्हाउँछ । यस्तो किन भएको होला ?

वास्तवमा, त्यसरी सुकेको माटोमा पानी परेपछि माटो गन्हाउनुको खास कारण माटोमा हुने जीवाणुहरुले गर्दा हो । सुकेको माटोमा स्ट्रेप्टोमाइसिटीस नाम गरेको जीवाणु प्रचुर मात्रामा विद्यमान रहेको हुन्छ । यतिसम्म कि, एक चिम्टी माटोमा त्यस्ता जीवाणुहरु करोडौंको संख्यामा पनि रहेका हुन सक्छन† । जब त्यस्तो सुकेको माटो पानीको सम्पर्कमा आउँछ, ती जीवाणुहरुले जियोस्मिन तथा २–मिथाइल आइसोबाँर्नियल जस्ता यौगिकहरु माटोबाट छाड†छन† । ती यौगिकहरुको वाष्पीकरण हुन्छ । तिनै वाष्पीकरण भएका यौगिकहरुको गन्धलाई नै वास्तवमा हामी माटो गन्हाएको भन्छौं ।
दाहिने हात नै किन मिलाइन्छ ?
भेटघाट हुँदा हात मिलाउने चलन पश्चिमा चलन हो । पूर्वेली चलनमा हात मिलाइँदैन, नमस्कार गरिन्छ । तपाईंले याद गर्नुभएको छ, हात मिलाउँदा सधैं दाहिने हात मिलाइन्छ, देब्रे होइन । कतिपय ठाउँमा त देब्रे हात मिलाउनुलाई शत्रुप्रतिको व्यवहारको रुपमा पनि हेर्ने गरिन्छ ।

हात मिलाउँदा दाहिने हात नै मिलाउनुको कारण के होला ? यो प्रथाका बारेमा खोतल्दै जाने हो भने यसका पछाडि आत्मरक्षा नै देखिन्छ । प्राचीन कालमा मानिसहरु अहिलेजस्तो व्यवस्थित र घुलमिल भएर बस्दैनथिए । त्यसैले प्रायः सबै मानिसहरु आत्मरक्षाको लागि तरवार बोकेर हिँड†ने गर्थे । त्यस्तो अवस्थामा कोही मानिस आफनो मित्र हैन, शत्रु हो भन्ने लाग्यो भने आत्मरक्षाको लागि तुरुन्तै तरवार झिक्नुपर्ने हुन्थ्यो । तरवार प्रायः सधैं देब्रे कम्मरमा बोकिने भएकोले त्यो झिक्नको लागि दाहिने हात नै प्रयोग हुने गथ्र्यो ।
तर जब साथी वा मित्र भेट हुन्थ्यो, त्यस अवस्थामा दाहिने हात अगाडि बढाइन्थ्यो । त्यसरी दाहिने हात अगाडि बढाउनुको अर्थ मित्रता हुन्थ्यो र त्यसले आफ†नो हातमा तरवार वा अरु कुनै हतियार नभएको कुराको संकेत पनि गथ्र्यो ।
अहिले मानिस मानिसबीचको सम्बन्ध प्राचीन कालको जस्तो कट†टर–शत्रुतापूर्ण र एकअर्काप्रति आशंका गरिबस्नुपर्ने खालको छैन । त्यसैगरी अहिलेका मानिसहरुले प्राचीन कालमा जस्तो तरवार बोकेर पनि हिँडदैनन । तर पनि अझै त्यही प्राचीन प्रथाको विकसित रुपको हिसाबमा मित्रताको भाव प्रकट गर्न हात मिलाउने चलनले निरन्तरता पाइरहेको नै छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID