Nepali Movie – (ए पण्डित बाजे) Ae Pandit Baje
Starring: Sushil Pokharel, Nikhil Upreti, Dilip Rayamajhi, Niruta Singh, Kiran KC, Dinesh Sharma, Rekha Thapa, Gopal Bhutani, Hiuwala Gautam, Ramchandra Adhikari, Bimala Giri etc.
Director - Sunil Pandey(सुनिल पाण्डे )
Ae Pandit Baje’(ए पण्डित बाजे) is a hit movie of Nikhil Upreti, Dilip Rayamajhi and Sushil Pokharel by Shree Ganesh Gentle Films. Rekha Thapa is featured i
n a guest role in the movie, a presentation of Asmin Silwal.
पुरा फिल्म हेर्न याँ क्लिक्क गर्नु होस् :
Monday 29 September 2014
Sunday 28 September 2014
२१ औं शताब्दी एसियाको हो: नरेन्द्र मोदी
आश्विन १३, काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ औं शताब्दी एशियाको भएको बताएका छन् । राष्ट्रसंघको महासभामा भाग लिन अमेरीका पुगका मोदीले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारत विश्वमा उदाउँदो शक्तिको रुपमा स्थापित भइसकेको बताए ।
मंगल ग्रहमा सफलतापूर्वक यान पठाएर भारतले आप्mनो क्षमता पुष्टी गरिसकेको मोदीको भनाई थियो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीको यो पहिलो अमेरिका भ्रमण हो । गुजरा
Narendra Modi |
तर मोदी भारतको प्रधानमन्त्री निर्वाचित भएलगत्तै उनीमाथिको प्रतिवन्ध हटाएपछि मोदीको अमेरीका भ्रमणको बाटो खुलेको हो । न्युयोर्कको प्रसिद्ध म्याडिसन स्क्वायर गार्डेनमा आयोजित कार्यक्रममा भारतीय मूलका हजारौं अमेरीकीले मोदीको भव्य स्वागत गरेका थिए ।
म्याडिसन स्क्वायर प्रसिद्ध रकस्टार स्वर्गीय जन लेनन र बक्सर मोहोमद अली लगायतका विश्वस्तरीय हस्तीहरुले प्रदर्शन गर्ने स्थल हो । त्यहाँ कुनैपनि विदेशी अतिथिलाई यती धेरै सम्मान र प्रतिक्षा गरिएको यो पहिलो अवसर भएको बीबीसी ले जनाएको छ ।
अब घरमै आउँछन् निर्वस्त्र महिला कामदार...
मान्छेले चर्चामा आउन तथा पैसा कमाउन अनेक जुक्ति निकाल्छन् । आफ्नो व्यापार व्यवसाय मज्जाले चम्कियोस् र मनग्गे पैसा कमाइयोस् भन्ने इच्छा कसमा हुँदैन र ? तर पैसा कमाउन अक्कल चाहिन्छ । यस्तै अक्कल अमेरिकाकी एक महिलाले निकालेकी छिन् ।
अमेरिकाको टेक्सासकी मेलिसा बोरेट नामकी महिलाले घरेलु महिला कामदार आपुर्ति गर्ने एउटा संस्था स्थापना गरेकी छिन् । महिला कामदार आपुर्ति गर्ने संस्था खोल्नु कुनै अनौठो कुरा थिएन । अनौठो कुरा त के भने उनको संस्थाबाट काम गर्न जाने महिला कामदार ग्राहकको चाहना अनुसार नांगै भएर समेत सेवा प्रदान गर्छन् ।
२६ वर्षकी मेलिसाले स्थानीय एक डान्स क्लबमा वेट्रेसको काम गर्दै गर्दा आफुलाई यस्तो संस्था खोल्ने आइडिया फुरेको बताउूछिन् । कतिपयले उनको यस्तो कदमलाई फोहोरी काम भनेपनि उनी भने निर्वस्त्र महिलाद्धारा घर सफा गराउन पाउने सेवा ग्राहकका लागि अभूतपूर्व हुने र त्यसलाई फोहोरी काम भन्न नमिल्ने बताउूछिन् ।
मेलिसाको कामदार आपुर्ति संस्थामा सम्पर्क गरी आफ्नो घर सफाइ
गर्न चाहने ग्राहकले चाहे अनुसार ती कामदारले लुगा फुकालेर ग्राहकको घरको सफाइ गरिदिनेछन् । ती महिला कामदारले बिकिनी लगाएर, पेन्टी मात्र लगाएर तथा पूरै निर्वस्त्र भएर समेत घरको सफाइ गरिदिने उनले बताएकी छिन् ।ग्राहकले आफ्नो घर सफाइ गरेबापत हरेक कामदारको लागि प्रतिघण्टा १ सय डलर तिर्नुपर्नेछ भने दुइजना कामदार कजाएमा घण्टाको डेढ सय डलर तिरे पुग्छ । उनको नग्न सफाइ सेवामा केही सर्त समेत छन् । निर्वस्त्र कामदारको सेवा लिन ग्राहक १८ वर्षभन्दा बढि उमेरको हुनुपर्नेछ । त्यस्तै कामदारले निर्वस्त्र भएर कोठा सफा गरिरहेको बेला ग्राहकले भने सरीरको कुनैपनि कपडा फुकाल्न पाइने छैन । साथै त्यस्ता महिला कामदारमाथि कुनैपनि यौनिक हिंसा गर्न नपाइने कडा नियम रहेको मेलिसा बताउूछिन् ।
प्रेमी प्रेमिका बीच रोमान्स हुँदै गर्दा पेन्टीको बटम खुस्किएपछि….. (फोटोफिचरसहित)
बेलायती पप स्टार रिटा ओरालाई हालैमा उनको नयाँ प्रेमी तथा फुटबल खेलाडी समेत रहेका लुकी मागिलका साथमा अमेरिकाको लस भेगासमा छुट्टी मनाईरहेको भेटियो । आफ्नो नयाँ प्रेमीसँग घामको रापमा रिटा निकै मस्ती गरिरहेकी थिइन् ।
समाजको वास्ता नगरी रोमान्समा डुबेको यो जोडीले उक्त स्थानमा ५ घण्टा व्यतित गरेका थिए । सो क्रममा दुईलाई निकै नजिक भएको देखियो भने यिनीहरु खुल्लमखुल्ला एकअर्काको अंगालोमा बाँधिएका थिए ।
२२ वर्षीया रिटाले २५ वर्षीय लुकीसँग सार्वजनिक ठाउँमै चुम्बन आदान–प्रदान गरिरहेकी थिइन् । यो जोडी मस्तीमा यति डुब्यो कि रिटाको पेन्टीको टाँक नै खुस्कियो । त्यसपछि रिटाले हत्त न पत्त आफ्नो पेन्टीको टाँक लगाएकी थिइए भने उनका पुरुष साथीलाई उनलाई सहयोग गरेका थिए ।
दसैँको अवसरमा टेलिकमको छुट
असोज १२, काठमाडौं - नेपाल टेलिकमले दशैतिहारमा आफ्नो नेटवर्कभित्र हुने सबै कलको महसुलमा १० प्रतिशत छुट दिने भएको छ ।
असोजदेखि २१ गतेसम्म र कात्तिक ४ गतेदेखि १३ गतेसम्म टेलिकमले एसएमएस सेवामा पनि ५० प्रतिशत हुने दिने जनाएको छ ।
यो अवधिमा जिएसएम तथा सिडिएमए पोष्टपेड मोवाइलबाट प्रतिमिनेट ९० पैसा र जिएसएम तथा सिडिएमए प्रिपेड मोवाइलबाट प्रतिमिनेट १ रुपैयाँ ३५ पैसामा कल गर्न सकिनेछ भने कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस सकिनेछ ।
यस्तै जिएसएम तथा सिडिएमए डाटा सेवाको महसुलमा पनि छुट हुनेछ । जिएसएम सेवाको महसुल ५० पैसा प्रति एमबी तथा सिडिएमए इभिडिओ सेवाको ४० पैसा प्रति एमबी कायम गरिएको टेलिकमले जनाएको छ ।
यस्तै दसैँको अवधिमा एडिएसएल तथा वाईम्याक्स सेवाका ग्राहकलाई अधिकतम ३ जिबी डाटा थप गरिनेछ । टेलिकमले यसअघि घटस्थापनादेखि प्रत्येक पटक रिचार्ज गर्दा १० देखि २० प्रतिशतसम्म बोनस दिइरहेको छ ।
विगतमा दसैँमा घटस्थापनादेखि नै टेलिकमले छुट दिने गरेको भएपनि यो पटक टेलिकममा इन्जिनियरहरुको आन्दोलनका कारण ढिलो भएको हो । आन्दोलित कर्मचारी र व्यवस्थापनबीच शुक्रवार छलफल भएर आन्दोलनलाई स्थगित भएपछि चार दिन ढिलो छुट सुविधा दिएको हो ।
जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोट, ३० को मृत्यु
Japan volcano Mount Otake detonated, 30 killed
काठमाडौं, आश्विन १२ । जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोटमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ । माउण्ट ओन्टेकको शिखर नजिक अचेत अवस्थामा भेटिएका ३० जना यात्रु चिकित्सकिय जांच पनि मृत घोषित भएका हुन् ।
ज्वालामुखी विष्फोट हुंदा पर्यटकिय आकर्षण मानिने त्यस क्षेत्रमा फसेका २ सय ५० जनालाई सुरक्षित निकालिएको अधिकारीहरुले जनाएका छन् ।
राजधानी टोकियोबाट २ सय किलोमिटर पश्चिममा अवस्थित माउण्ट ओटेक ज्वालामुखी स्थानिय समय अनुसार शनिवार विहान सक्रिय भएको थियो । ज्वालामुखी विष्फोटका सम्बन्धमा कुनै पूर्व सुचना जारी गरिएको थिएन् ।
अफगान गाउलेले चारजना तालिवानलाई झुण्डाए
असोज १२, काबुल – अफगानिस्तानको घाज्नी प्रान्तका गाउलेले चारजना तालिवानलाई झुण्डाएर मारेका छन् ।
उनीहरुले गाउका सार्वसाधारणलाई समेत हालैका दिनमा अत्याचार गरेको भन्दै चारजनालाई झुण्डाएर मारेको बताएका छन् ।
pakistan-south-waziristan-taliban-fighters |
प्राप्त समाचारमा तालिवानले गतहप्तामात्र त्यहाँका करिब एक सयजना गाउले र प्रहरीको हत्या गरेका थिए ।
गतहप्तादेखि उनीहरुले सुरु गरेको सो कारबाहीका क्रममा ठूलो सङ्ख्यमा गाउले मारिएको भन्दै त्यसको विरोधमा गाउले तालिावनका विरुद्ध जाइलागेका थिए ।
प्रहरीले जनाएअनुसार तालिवानको ज्यादति सहन नसकी गाउलेले ती तालिवानको हत्या गरेका हुन् ।
उक्त गाउमा लुकेर बसेका तालिवानले गाउलेलाई सुरक्षाकर्मीका विरुद्धमा ढालको रुपमा प्रयोग गर्ने गरेका र उनीहरुको अत्याचार सहन नसकेकाले हत्या गरेका बताइएको छ ।
सो गाउमा अझै कम्तीमा १०० जना जति तालिवान लुकेर बसेका र प्रहरी र सेनाको सहयोगमा उनीहरुको खोजी कार्य जारी नै रहेको पनि अधिकारीहरुले जनाएका छन् । रासस/एएफपी
Subscribe to:
Posts (Atom)