Sunday 28 September 2014

हामीले २ अर्ब दिन नसकेकाले नन्दप्रसादको अनसन तोडाउन सकियन : गृहमन्त्री गौतम

सरकारले ‘दुई अर्ब दिन सकेको भए अनसन तोडेर नन्दप्रसाद बाँच्थे होला तर, हामीले दिन सकेनौं ।’ गृहमन्त्री गौतमले भने ।  
१२ असोज, काठमाडौं । संसदको समाजिक न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा गृहमन्त्री गौतमले अधिकारी दम्पत्तिले २ अर्ब क्षतिपूर्ति मागेको र नदिएका कारण अनसन जारी राख्दा उनको मृत्यु भएको बताए । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले नन्दप्रसाद अधिकारीले अनसन तोड्न सरकारसँग २ अर्ब रुपैयाँ मागेको खुलासा गरेका छन् ।

मृत्यु हुनु एक दिन अघि पनि सरकारले अनसन तोड्न आग्रह गरेको तर, नन्दप्रसादले नमानेको उनले बताए ।छोराको हत्यारालाई कारबाहीको माग राख्दै अनसनमा बसेका नन्दप्रसादको केही दिनअघि निधन भएको थियो । अनसनरत उनकी पत्नी गंगामायाको अवस्था गम्भीर छ ।
वीर अस्पतालमा उपचारका क्रममा नन्दप्रसाद अधिकारी ।
गृहमन्त्री गौतमले कृष्णप्रसाद हत्या प्रकरणमा दुई अभियुक्त मध्ये एक द्वन्द्वकालमै मारिएको र रुद्र आचार्य बेलायतमा रहेको बताए । रुद्रलाई पक्राउ गर्न इन्टरपोलमार्फत् पनि कोसिस गरिएको तर, प्रक्रिया पूरा नगरेेको भनी बेलायतले जवाफ दिएको गौतमले समितिलाई बताए ।
प्रहरीले चितवन जिल्ला अदालतमा मुद्दा चलाएलगतै संसद अवरुद्ध भएको र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तत्कालीन जनसरकार प्रमुखको हैसियतमा आफूलाई कारबाही गर्न चुनौती दिएका कारण पनि सरकारलाई अप्ठेरो परेको उनले सुनाए ।

अझै उठेन शव
नन्दप्रसादको निधन भएको ६ दिन भइसक्यो । तर, उनको शव उठेको छैन ।  ६ गते साँझ निधन भएपछि उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको थियो । तर, उनका छोरा नूरप्रसादले बाबुको शव उठाउन अस्वीकार गर्दै आएका छन् ।
न्याय दिलाउन निरन्तरत प्रयास गरेको तर अटेर गरेर अनसन बसिरहेका कारण दुःखद घटना भएको गौतमको दावी छ । ‘औषधीको रुपमा सबै खुवाइयो । जो निकै महंगा थिए । तर, नाशाबाट रगतमा गए पनि शरीरमा पुगेन । शरीरका अंगहरु निश्कृय हुँदै गए’-गौतमले भने ।
प्रचण्डले पनि भेटेका थिए नन्दप्रसादलाई
अनसन तोडाउने प्रयासमा पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष प्रचण्डले समेत अधिकारी दम्पत्तिलाई भेटेको गौतमले जानकारी दिए । उनले भने-‘प्रचण्डलाई देखेर मुख छाडेर गाली गर्न थाले । अनसन तोड्न मानेनन् । प्रधानमन्त्री सुशील कोइराला र म गएर पनि सम्झाउने प्रयास गरेका थियौं ।’
गृहमन्त्री गौतमले द्वन्द्वकालमा भएका केही गम्भीर प्रकृतिका घटनामा कारबाही गर्न एमाओवादी पनि तयार रहेको बताए। यसका लागि छिटो सत्य निरुपण र बेपत्ता छानविन आयोग बनाउनु पर्ने उनको जोड थियो ।

समलिङ्गि महिला छिटो चरमोत्कर्षमा पुग्छन्

समलिङ्गि महिला छिटो चरमोत्कर्षमा पुग्छन्
समलिङ्गि अर्थात लेस्बियन महिलाहरुले सेक्सको समयमा छिटो चरमोत्कर्ष प्राप्त एक अध्ययनेले देखाएको छ। अध्ययन अनुसार पुरुषसंग सम्बधा बनाउँदाअ मात्रै उनिहरु छँडो चरमोत्कर्ष पुग्ने पनि बताइएको छ।

अध्ययन अनुसार पुरुष आफ्नो परिचित पार्टनरसंग सेक्स गर्दा औसत ८५ प्रतिशतले चरमोत्कर्ष प्राप्त गर्छन्, जबकि ६३ प्रतिशत महिला मा

अमेरिकाको इंडियाना विश्वविद्यालयको अनुसन्धानकर्ताहरुका अनुसार लेस्बियन महिलाले सेक्स गर्दा ७५ प्रतिशत, स्ट्रेट रिलेशनशिपमा रहेका महिला ६२ प्रतिशत चरमोत्कर्ष प्राप्त गर्छन् भने पुरुष र महिला दुबैसंग संबंध बनाउने (बाईसेक्सुअल) महिला ५८ प्रतिशत चरमोत्कर्ष प्राप्त गर्छन्।’

अध्ययनको लागि २१-६५ उमेर समुहका ६५०० पुरुष र महिलालाई शामिल गराइएको थियो।

अनुसन्धाकर्ताका अनुसार यसको एक संभावित व्याख्या यो हुन सक्छ कि लेस्बियन महिला महिलाको शरीरको हरेक ती अङ्ग्संग परिचित हुन्छिन् जुन अङ्गले जोस्श ल्याउंछ। यही कारण उनिहरु आफ्नो महिला पार्टनरलाई चरमोत्कर्षमा पुर्‍याउन सक्षम हुन्छिन्।

‘सेक्सुअल मेडिसिन’मा प्रकाशित यस अध्ययन अनुसार चरमोत्कर्ष प्राप्त गर्ने बिषयमा सबै बिषयलाई मिलाउने हो भने पुरुष महिला भन्दा अघि छन् ।

त्रै चरमोत्कर्षमा पुग्छन्।

मोटोपन सेक्स सन्तुष्टिको बाधक

मोटोपन सेक्स सन्तुष्टिको बाधक
हुनत धेरैजसो युबतिहरु स्लिम बन्न नै चहन्छन्। तर कतिपय अबस्थामा नचाहदाँ नचादै पनि मोटोपन हुन सक्छ।

हुन त केहि यस्ता ब्यक्तिहरु पनि छ जसले भन्ने गर्छन् तपाइको शरिर जस्तो छ त्यसमै आनन्द लिनुहोस। तर हालैअ गरिएको एक अध्ययनले के भन्छ भने यदि तपाइ सेक्समा भरपुर आनन्द लिन चाहनुहुन्छ भने बढि तौल बाधक बन्न सक्छ।

अनुसन्धान अनुसार धेरै तौल सेक्स सम्बन्धमा धेरै किसिमबाट बाधक हुन सक्छ। अनुसन्धान अनुसार बढि तौलको कारण शरीरमा रक्त सञ्चार ढिलो हुन्छ र सेक्स हर्मोन ‘टेस्टोस्टेरॉन’ लाई  कमी बनाउछ। यस कारण पुरुषको जननेन्दृय्६अ्आ नताब पैदा हुदैन र उत्तेजित हुन सक्दैन।

सेक्स जर्नल ‘सेक्सुअल मेडिसिन’ अनुसार एक मोटो ब्यक्ति यदि ५ देखि १० प्रतिशतसम्म तौल घटाउँछ भने उसको सेक्स चाहना पनि बढ्न पुछ।

अनुसन्धान अनुसार कम तौल हुनुको अर्को फाइदा के पनि हुन्छ भने सेक्सको बेला धेरै आनन्द र आरम मिल्छ।

अब ढिला किन गर्ने त? तौल घटाउनको लागि कसरत गर्नुहोस जसको स्वास्थ्यको लागि फाइदा पनि त छ।

बिहानिपखको सेक्सले फुर्तिलो र जबान बनाइ राख्छ

बिहानिपखको सेक्सले फुर्तिलो र जबान बनाइ राख्छ
न्युयोर्क, भाद्र १५ — नियमित सेक्सको धेरै फाइदा भएको कुरा त हामीले यस अघि नै बताइसकेका छौं। तर हालै गरिएको एक अध्ययनले यो भन्दा पनि रोचक कुरा बाहिर ल्याएको छ।

अध्ययन अनुसार दिन भर फुर्तिलो, स्वस्थ र जवान बनिराख्न बिहान बिहानै गरेको सेक्सले धेरै मदत गर्नेछ।

अर्थात मॉर्निग वाक र जगिंग भन्दा पनि बढि फाइदा यसले दिन्छ।

रिपोर्ट अनुसार यौन स्वास्थ्य शिक्षक र प्रसिद्ध किताब ‘बिकज आइ फील गुड’ का लेखक डेब्बी हर्बेनिकको भनाइलाई उधृत गर्दै भनिएको छ कि बिहानि पखको सेक्सले रोग प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ। जसको कारण तपाई दिनभर फुर्तिलो अनुभव गर्न सक्नुहुन्छ।

हर्बेनिकका अनुसार यौन सम्बंधको समयमा केहि यस्ता रसायन स्रावित हुन्छ(बग्छन्) जसले शरीरमा एस्ट्रोजनको स्तरलाई बढाउँछ। यस्तो एस्ट्रोजनले तपाइको छाला र कपाल स्वस्थ र मजबूत बनाउँछ।

हर्बेनिक भन्छन्,’यौन सम्बंधले इम्यूनोग्लोबुलिन ए (आईजी ए)को स्तरलाई बढाउँछ जसले रोगसंग लडनलाई मदत गर्छ। एस्ट्रोजन र टेस्टोस्टेरनको स्तरमा वृद्धि हुँदा तपाई सधैं जबान देखिनुहुन्छ।’

दिगो सम्बन्धको लागि सेक्सको भूमिका महत्वपूर्ण हुन्छ

हाम्रो समाजमा सेक्सलाई अझै पनि वर्जित मानिन्छ । तर यो अन्य आवश्यकिय वस्तु जस्तै हो भन्ने बुझ्नु नितान्त आवश्यक छ । यौन असन्तुष्टि कै कारणले धेरैको घर परिवार बिग्रेको हामीले प्रष्टै देखेका छौँ । जुन परिवारमा यौन सन्तुष्टि छ त्यस्तो सम्बन्ध लामो समय सम्म टिक्छ । यौनको बारेमा खुलेर कुरा गर्न नचाहने मानिसहरु पनि यस सम्बन्धि धेरै चासो दिन्छन् । बिग्रिसकेको सम्बन्धलाई पनि यौनले सपार्छ भन्ने यौन विज्ञहरु विश्वास गर्छन् । सम्बन्धलाई टिकाइराख्नको लागि यौनको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा निम्न बुँदाबाट प्रष्ट्याउन सकिन्छ ।

१) सेक्स सम्बन्ध बनाइराख्ने कडी हो :

सेक्स आवश्यक कुरा हो । जसको सम्बन्ध बिग्रँदो हुन्छ उनीहरुको यौन जीवन ठिक छैन भनेर सजिलै अनुमान लगाउन सकिन्छ । सेक्समा असन्तुष्ट जोडी एकअर्कासँग बसिराख्न सक्दैनन् । यसको लागि उनीहरुले दोस्रो व्यक्ति खोज्न थाल्दछन् र सम्बन्ध टुट्दछ ।

२) सेक्स सहि तरिका बाट हुनु पर्दछ :

दिगो सम्बन्धको लागि सेक्स जति आवश्यक छ त्यो भन्दा ज्यादा यो सहमति र सहि तरिकाले हुनु पर्दछ । जबर्जस्ति अथवा एउटाको इच्छा विपरित गर्नाले यसले झन विकराल रुप लिन्छ र सम्बन्ध सुध्रनुको सट्टा बिग्रन थाल्दछ । जोडीमध्ये दुवैले एकअर्काको भावना बुझेर यौनमा समर्पित हुनु पर्दछ ।

३) गलत यौन आचरणलाई सुधार्नु पर्छ :

बिहे गरेर जाँदै गरेकि छोरीलाई आमाले भनिछिन्, “छोरी जबसम्म उसले तिमीलाई पिट्दैन तब सम्म उसँग बस अथवा ऊ पिएर आउँदैन भने तिमी ऊसँग बस्न सक्छौ ।” यो भनाइ हास्यास्पद लाग्छ किनभने यो यौन दुराचा हो । एकले अर्कालाई हात उठाउनु वा शारीरिक यातना दिनु कदाचित राम्रो सम्बन्धको संकेत होइन । असल सम्बन्धको लागि एकअर्काप्रति गरिने यस्ता आचरणले राम्रो सम्बन्धको विकास गर्दैन । वैवाहिक यौन स्वतन्त्रताको नाममा गरिने यौन हिंसा पनि जायज छैन ।

४) सुमधुर सम्बन्धको लागि सेक्स उत्तम औषधी हो :

जोडीहरु एकअर्का बिच तनावमा रहेको बेला वा मनमुताव भएको बेला कुनै एकले सो कुरालाई बिर्सेर वा दुवैले बिर्सेर सेक्स गर्नाले आपसी तनावलाई भुलाउन सकिन्छ । साथै एकअर्का प्रति भएको मनमुताव पनि हट्दछ  जसले गर्दा सम्बन्ध अझै सुमधुर बन्दछ । त्यसैले यौनमा असन्तुष्ट भएका व्यक्तिले पनि एकअर्कामा परामर्श गरी असल यौन जीवन साट्नाले सम्बन्ध अझै मज्बुद र बलियो बनाउन मद्दत गर्दछ ।

कहिले हुन्छ महिलामा सेक्स चाहना?

धेरै जसो महिलाहरु प्रत्येक महिनाको अण्ड उत्पादनको समयमा अत्यधिक मात्रामा सेक्सको परिकल्पना गर्ने गर्छन् । भर्खरै गरिएको अनुसन्धान अनुसार यो समयमा महिलाहरु सेक्सको परिकल्पनामा बढि उत्तेजित हुने गर्छन् ।
धेरै जसो महिलाहरु प्रत्येक महिनाको अण्ड उत्पादनको समयमा अत्यधिक मात्रामा सेक्सको परिकल्पना गर्ने गर्छन् । भर्खरै गरिएको अनुसन्धान अनुसार यो समयमा महिलाहरु सेक्सको परिकल्पनामा बढि उत्तेजित हुने गर्छन् ।

उक्त अध्ययन अनुसार अण्ड उत्पादनको स

लेथबृज विश्वविद्यालय अल्बर्टा, क्यानडाका अनुसन्धानकर्ता सामन्था डसनका अनुसार महिलाहरुले यो समयमा अन्य समय भन्दा बढि नै सेक्सको चाहना राखेको पनि पाइयो । डसन र उनका साथीहरुले अनुसन्धानको क्रममा सेक्स परिकल्पनालाई बढि जोड दिएका थिए ।

‘यसको मतलब यो हो कि’, डसन लाइभ साइन्सलाई भन्छन्,’महिलाको वास्तविक यौन जीवनभन्दा यो समयको रुचि नित्तान्त बेग्लै हो ।’ अनुसन्धान कर्ताहरुले २७ महिलाहरु जो अधिकांश विद्यार्थी थिए, लाई एक महिना सम्म दैनिक रुपबाट आफ्नो सेक्स परिकल्पनाको बारेमा लेख्न लगाएका थिए । पछिल्लो महिनावारीको समयलाई आधार मानि प्रत्येक महिलाको अण्ड निष्काशन हुने १० दिनलाई बढि जोड दिएका थिए ।

यो १० दिन मा प्रत्येक महिलालाई आफैले गर्भधारण भए नभएको परिक्षण गर्ने विधिजस्तै अण्ड निष्काशन भए नभएको परिक्षण गरिएको थियो तर सो कुरा उनीहरुलाई बताइएको थिएन ।

अनुसन्धान अनुसार यी दिन महिलाहरुले बढि सेक्स परिकल्पना गरिएको पाइयो जुन पहिलेको अध्ययनभन्दा नित्तान्त बग्लै थियो । पहिलेको अध्ययन अनुसार महिलाहरुले केवल हप्तामा एक चोटी मात्र यौन परिकल्पना गर्दथे । यो अध्ययन अनुसार अण्ड निष्काशन हुने पछिल्लो ३ दिन महिलाहरुमा यौन परिकल्पना दैनिक, औषत १।३ भेटियो । अचम्म लाग्दो कुरो के भने यो समयको परिकल्पना अन्य समयको भन्दा बढी उत्तेजित समेत देखियो ।

यो अनुसन्धानको उद्देश्य अण्ड निष्काशित हुने बेलाका महिलाहरु पुरुषप्रति कतिको आकर्षित हुन्छन् र सेक्सप्रति कतिको रुचि राख्दछन् भन्ने कुरा जान्नु थियो । अनुसन्धानकर्ताहरुले के कुरा पनि पत्ता लगाए भने महिलाहरुमा यो समयमा यौन उत्तेजना अत्यधिक हुने भएता पनि त्यस पछि फेरि सामान्य अवस्थामै पुग्ने हुन्छ ।

२००६ मा नेडरल्यान्डको अन्तरराष्ट्रिय सेक्स अनुअन्धान संस्थाले गरेको अध्ययन अनुसार २५% महिलाहरु आफ्नो यौन परिकल्पनामा अन्य महिलाको बारेमा पनि सोच्थे भने १०% पुरुषहरु अन्य पुरुषको बारेमा सोच्दथे । तर अहिलेको अध्ययनले ५२% महिलाहरुले अन्य महिलाहरुको बारेमा सोच्ने कुरा समेत देखायो ।
मयमा महिलाहरुमा अन्य समयमा भन्दा सेक्स परिकल्पना बढ्छ र उनिहरु उत्तेजित हुने गर्छन् । यो समयमा उनीहरुले विभिन्न पुरुषहरुको परिकल्पना गर्ने गर्छन् ।

Latest Super Star Hollywood Movies 2014

The Maze Runner
A Walk Among the Tombstones
Deliver Us From Evil
Dolphin Tale 2
Two Night Stand

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID