मान्छेको शोख अचम्मकै हुन्छ । अमेरिकामा एक जोडिले आन्ध्र महासागरभित्र विवाह गरेका छन् । गोताखोरीका शौखिन ती अमेरिकी जोडिले हालै फ्लोरिडास्थित फोर्ट लोडरडेल तटिय क्षेत्रबाट आन्ध्र महासागरमा प्रवेश गरी पानीभित्रै विहे गरे ।
१५ मिनेटसम्म चलेको उक्त विवाह समारोहमा बेहुला बेहुली सँगै २० जना जन्ती समेत थिए । पानीभित्र ३० फुटको गहिराइमा विवाह कार्य सम्पन्न भएको थियो ।
यसरी पानीभित्र बिहे गरेर किर्तिमान कायम गर्ने बेहुला बिल फ्रेनियरको उमेर ५२ वर्ष छ । उनकी बेहुली लिजब्याथ फ्रेनियरको उमेर ३२ वर्ष छ ।
आन्ध्र महासागरभित्रको बिहे समारोहमा बेहुला बेहुलीले एक अर्कालाई स्वयंवरको औँठी लगाइदिए र जिवनभर सँगै बाँच्ने कसम खाए ।
बिल र लिजब्याथ बीच सन् २००८ मा पहिलोपटक भेट भएको थियो । बिलले पछिल्लो २० वर्षदेखि गोताखोरको काम गर्दै आएका छन् । बिलसँग दोस्ती भएपछि लिजब्याथलाई पनि गोताखोरी काममा लगाव बसेको थियो ।
Thursday 28 August 2014
घुस लिँदालिँदै जिप्रका काठमाडौंका नासु पक्राउ, एसो भन्छन् समातिएका नासु ! (भिडियोसहित)
घुस लिँदालिँदै जिप्रका काठमाडौंका नासु |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा छविराम काफ्लेलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मुद्दा फाँटमा कार्यरत काफ्लेलाई सेवाग्राही सविन ठकुराठीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
हातहतियार सम्बन्धी मुद्दा मिलाइदिने भन्दै काफ्लेले घुस मागेको ठकुराठीले जनाएका छन् । तर, काफ्लेले भने आफूलाई नियोजित रुपमा फसाइएको भन्दै ठकुराठीले जर्बजस्ती पैसा छाडेर गएको दाबी गरेका छन्
हातहतियार सम्बन्धी मुद्दा मिलाइदिने भन्दै काफ्लेले घुस मागेको ठकुराठीले जनाएका छन् । तर, काफ्लेले भने आफूलाई नियोजित रुपमा फसाइएको भन्दै ठकुराठीले जर्बजस्ती पैसा छाडेर गएको दाबी गरेका छन्
मिसकल गारेको नम्बर बाट फेरी फोन आयो भने त्यसको पैसा आफैले व्यहोर्नु पर्ने त्यसैले मिस कल नगर्नु होला !
गोरखा: फोन गरेपछि पैसा तिर्ने गरेकै हो । तर, अर्काले आफूलाई गरेको फोनको पनि पैसा तिनुपर्ने अनौठो नियम साम्दोमा छ । ‘कृपया मिसकल नगर्नुहोला’ टेलिफोन सेट नजिकै टाँसिएको सूचनामा भनिएको छ – ‘गर्नुभयो र उताबाट फोन आयो भने मिनेटअनुसार पैसा बुझाउनु पर्नेछ ।’
मिसकल हानेर फोन सेट नै बिग्रन थालेपछि इनकमिङ कलको पनि पैसा लिन थालेको स्थानीय व्यापारी धावा लामाको भनाइ छ । साम्दोमा एनटी स्याट नामक टेलिफोनको पहुँच छ !
तिब्बतसँग सीमा जोडिएको साम्दोबाट गोरखा सदरमुकाम आउन करिब छ दिन पैदल हिँड्नुपर्छ । पदयात्रीले एक दिन साम्दोमा बिताउँछन् । “धेरैजसो विदेशी पर्यटक र पर्यटकको भारी बोक्ने भरियाले फोनको प्रयोग गर्छन्”– होटल सञ्चालक कासाङले भने । उनले आफूले रु ३० हजार खर्च गरेर फोन जोडेको जानकारी दिए । नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँबाट साम्दोका व्यापारीले फोन लगेका हुन् ।
साम्दोभन्दामाथि टेलिफोन सुविधा छैन । पदयात्रीले लार्केपास गर्नुअघि यहीँबाट फोन गर्छन् । धर्मशाला, लार्केपास हुँदै मनाङको भीमथान पुगेपछि मात्रै फोन गर्न पाइन्छ । - रासस
। प्रायःगरी होटलले पाहुनालाई लक्ष्यित गरी टेलिफोन राखेका छन् । “देशभित्रकै नम्बरमा फोन गर्ने हो भने मिनेटकै १० रुपैयाँ लाग्छ”–साम्दोका एक होटल सञ्चालक कासाङ ढिकीले भन्नुभयो – “विदेश नै बोल्ने हो भने एक मिनेटको ५० रुपैयाँ काट्छ ।”
मिसकल हानेर फोन सेट नै बिग्रन थालेपछि इनकमिङ कलको पनि पैसा लिन थालेको स्थानीय व्यापारी धावा लामाको भनाइ छ । साम्दोमा एनटी स्याट नामक टेलिफोनको पहुँच छ !
तिब्बतसँग सीमा जोडिएको साम्दोबाट गोरखा सदरमुकाम आउन करिब छ दिन पैदल हिँड्नुपर्छ । पदयात्रीले एक दिन साम्दोमा बिताउँछन् । “धेरैजसो विदेशी पर्यटक र पर्यटकको भारी बोक्ने भरियाले फोनको प्रयोग गर्छन्”– होटल सञ्चालक कासाङले भने । उनले आफूले रु ३० हजार खर्च गरेर फोन जोडेको जानकारी दिए । नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँबाट साम्दोका व्यापारीले फोन लगेका हुन् ।
साम्दोभन्दामाथि टेलिफोन सुविधा छैन । पदयात्रीले लार्केपास गर्नुअघि यहीँबाट फोन गर्छन् । धर्मशाला, लार्केपास हुँदै मनाङको भीमथान पुगेपछि मात्रै फोन गर्न पाइन्छ । - रासस
लडाकुले सिरियामा 'ठूलो संख्यामा सरकारी सेनाको हत्या' गरेको खुलासा
सिरियामा इस्लामिक स्टेट (आइएस)का लडाकुहरुले ठूलो संख्यामा सिरियाली सेनाको हत्या गरेको एक मानव अधिकारवादी संगठनले जनाएको छ । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्’ले आइएसले हामा प्रान्तको ताब्का एअर बेसमा धावा बोल्दा भाग्न खोज्ने सिरियाली सेनालाई पक्राउ गरी हत्या गरेको जनाएको हो ।
यसरी हत्या गरिएकाहरुको संख्या २ सय भन्दामाथि रहेको उक्त संस्थाको दाबी छ । हिजो मात्र आइएसले पोस्ट गरेको अनलाइन फोटो र भिडियोमा निर्वस्त्र सयभन्दा बढी मानिसलाई मार्नुअघि मरुभूमिमा लामबद्ध गरेर हिडाइएको देखाइएको थियो ।
सिरियन अब्जरभेटरीका अनुसार १४ सय सेना रहेको उक्त एअर वेसबाट ७ सय सेना भने भाग्न सफल भएका थिए । संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले आइएस लडाकुले अझै अत्याचार गर्न कठोर बनेको र बालबालिकालाई लडाकुका रुपमा भर्ना गरेको जनाएका छन् ।
सिरियाली सेनाले पनि लडाकु विरुद्धको संघर्षको नाममा सर्वसाधरणमाथि अत्याचार गरेको बताइएको छ । सिरियामा पछिल्लो पाँच दिनयता भएको संघर्षमा १ सय ७० सरकारी सेना र ३ सय ४६ आइएस लडाकु मारिएका छन् । (एजेन्सी)
महिलाको महिनावारीमा देखिने समस्या र त्यसको समाधानको उपाय
महिनावारी भनेको के हो ?
महिनावारी भनेको महिलाहरुको मासिक धर्म-चक्रको क्रमशः बन्द हुने प्रक्रियाको शुरुवात हो । यो कुनै बिमार (रोग) होइन । बरु यसलाई एउटा नयाँ र भरिपूर्ण जीवनको शुरुवात भन्न उपयुक्त हुन्छ । यहाँ बुझ्नु पर्ने कुरा के हो भने महिलाहरुमा महिनावारीका लक्षणहरु भिन्नभिन्न रुपमा देखा पर्न सक्छ ।
सबै महिलाहरुलाई एउटै रुपमा महिनावारीका लक्षणहरु नदेखिन सक्छन्, जसलाई उनको स्वास्थ्य अवस्था, पारिवारिक, आर्थिक र सामाजिक परिवेशले पनि केही न केही रुपले प्रभाव पारेको हुन सक्छ ।
पचास वर्षको सेरोफेरोमा महिलाहरुको डिम्बग्रन्थी जुन स्त्रीलिंग हार्मोनहरुको मुख्य उत्पादक हो, विस्तारै विस्तारै काम गर्न बन्द गर्छन् । यो प्रकृया अन्तिम महिनावारी चक्र भन्दा तीन देखि पाँच वर्ष पहिले नै शुरु भइसक्दछ ।
२. महिनावारीका समस्या के-के हुन् ?
महिलाहरुको शरीरमा हार्मोनको कमीले गर्दा विभिन्न प्रकारका शारीरिक र मानसिक प्रभावहरु पर्न सक्दछन् । जस्तै शरीरमा अत्यधिक गर्मीको अनुभव हुनु, राति पसीना आउनु, योनी मार्गमा शुस्कता हुनु, मनोदशामा अस्थिरता आउनु, छट्पटि लाग्नु, टाउको दुख्नु, अनिद्रा, उदाशीनता र चिन्ता एवम् यौनइच्छामा कमी आउनु आदि समस्याहरु हुन्छन् । माथिका लक्षणहरुमध्ये केही महिनावारी भन्दा पहिले र केही महिनावारीलगत्तै देख्न पाइन्छ ।
३. उपचारका तरिका
महिनावारी स्त्रीहरुको जीवनको एउटा प्राकृतिक अवस्था हो । यो जननीय अवस्थासँग सम्बन्धित परिवर्तन हो, जसले गर्दा महिलाहरुलाई आफ्नो जीवनशैलीमा केही बदलाव ल्याउनुपर्ने आवश्यकता पदर्छ । तर, यदि महिनावारीका लक्षणहरु अति नै कष्टदायक छन् भने चिकित्सकहरुको सल्लाह लिने र औषधि सेवन गर्नुपर्ने आवश्यकता पनि पर्न सक्दछ ।
हार्मोन्सको कमीसँगै केही स्वास्थ्य समस्याहरु जोडिएका हुन्छन्, जस्तै अष्थि सुषिरता, जसले गर्दा महिलाहरुको हाडको भारमा ३० प्रतिशतसम्म कमी आउन सक्छ । यसको परिणामस्वरुप हड्डी पातलो हुन र झुरो हुन सक्छ । यसले हड्डी भाँचिने सम्भावना बढेर जान्छ । त्यतिमात्र होइन, महिनावारीसँगै रगतमा हुने बोसोको मात्रामा अस्वभाविक परिवर्तन आउनाले मुटुरोग हुने खतरा पनि बढेर जान्छ ।
यस प्रकारका समस्याहरुबाट बच्नको लागि अधिकतम महिलाहरुलाई एक प्रकारको हार्माेन एस्ट्रोजोनको सेवन गर्ने सल्लाह चिकित्सकहरुले दिने गर्छन् । जसले गर्दा शरीरमा हुने हार्मोन्सको कमीलाई आपूर्ति गर्न सकिने छ । यो प्रकारको चिकित्सा प्रणालीलाई एस्ट्रोजोन आपूर्ति अथवा हार्मोन्स आपूर्ति चिकित्सा भनिन्छ
महिनावारीमा देखिने समस्याको उपचार निम्न प्रकारले प्रारम्भ गर्नुपर्छ ।
नियमित व्यायाम गर्ने । तनाव कम गर्ने काम जस्तै : योगा, ध्यान र मनोविर्मश गर्ने । स्वास्थ्यवर्द्धक भोजन गर्ने, जसमा क्याल्सियम प्रचुरमात्रामा हुनुपर्यो । एस्ट्रोजोको गुण भएका पदार्थहरु उदाहरणका लागि सोयाविनबाट बनेका परिकार, गेडागुडी र हरियो तरकारी र फलफूलको प्रशस्त सेवन गर्ने ।
व्यायाम र सन्तुलित खाना बाहेक यस उमेर समूहका महिलाहरुले आफूलाई यस बेलाका समस्याहरुको सामना गर्न मानसिकरुपले पनि तयार राख्नु उत्तिकै आवश्यक पर्छ । यी समस्याहरु ढल्किँदो उमेरसँग प्रायजसो महिलाईहरुलाई आइपर्ने यथार्थ समस्या हुन् । जसलाई टार्न त सकिँदैन । तर, त्यसबारे ज्ञान भयो भने यसको असरलाई कम गर्न भने अवश्य पनि सकिन्छ ।
चिनिया पप गायक लुहानले १ करोड ३१ लाख ६३ हजार ८ सय ५९ ‘कमेन्ट’ पाएर विश्व किर्तिमान
किर्तिमान विभिन्न कारणले रहन्छ । एक जना चिनिया पप गायकले सामाजिक संजालमा गरेको पोष्टमा सबैभन्दा बढि कमेन्ट आएकै कारण गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।
पप ग्रुप इ एक्स ओ सँग सम्बन्धित पप गायक लुहानले चिनिया सामाजिक संजाल वोइबोमा गरेको फुटबल सँग सम्बन्धित पोष्टमा १ करोड ३१ लाख ६३ हजार ८ सय ५९ कमेन्ट आएपछि गिनिज बुकले उनलाई किर्तिमानको प्रमाणपत्र प्रदान गरेको हो । उनले उक्त पोष्टमा भनेका थिए, ‘मैले यसकारण म्यानचेष्टर युनाइटेडलाई माया गर्छु ।’
एक्जोका प्रमुख गायक रहेका लुहान हालै मिस ग्रानी फिल्म मार्फत फिल्ममा समेत अभिनय गर्न सुरु गरेका छन् ।
सन् २०१२ को सेप्टेम्बर १० मा उनले वोइबोमा पहिलोपटक उक्त पोष्ट गरेका थिए । गत अगष्ट ५ मा उक्त पोष्टमा कमेन्ट संख्या १ करोड ३१ लाख ६३ हजार ५ सय ५९ पुगेको हो ।
अहिलेपनि यो पोष्टमा कमेन्ट आउने क्रम जारी नै छ र कमेन्टको संख्या १ करोड ३४ लाख पुगिसकेको छ ।
स्मरण रहोस् विश्वमा सबैभन्दा बढि इन्टरनेट प्रयोगकर्ता रहेको देशको किर्तिमान पनि चीनकै खल्तीमा
छ । सन् २०१३ को अन्त्यसम्ममा चीनमा ६१ करोड ८० लाख मानिसले इन्टरनेट चलाउँथे । जुन कुल जनसंख्याको ४५.८ प्रतिशत हो ।
६ सय केटीको केटा पाउन सामूहिक गुहार केटा नपाएपछि केटा पाउन केटीहरुको आन्दोलन !
सहरभरिका केटीहरुले उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् ।
यो घटना ब्राजिलको हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् त्यसमा पनि ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् ।
महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै ।
ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।
अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।
यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या
बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ । एजेन्सी
Subscribe to:
Posts (Atom)